मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता संघको बिबाद सुल्झियो

फिल्मीखबर, काठमाण्डौ, 2011/03/07

चैत्र महिनामा हुन लागेको नेपाल उधोग बाणिज्य महासंघको निर्वाचनमा हरेक पेशाकर्मी संघसंस्थाबाट एक जना प्रतिनिधी जान पाउने व्यवस्था रहेकोले नेपाल चलचित्र निर्माता संघको तर्फबाट संघका अध्यक्ष राजकुमार राईले दुई निर्माता रमेशजंग रायमाझी र अशोक शर्मालाई सिफारिस गरेपछि सो कुराले निकै ठूलो बिबाद सिर्जना गरेको थियो ।

 

संघमा उत्पन्न बिबादलाई सुल्झ्याउन संघले निर्माताहरूलाई बारम्बार बैठकमा डाकेको थियो । तर बैठकले कुनै ठोस निर्णय दिन सकेको थिएन । तर सोमबार भने बैठकले ठोस निर्णय निकालेको छ । बैठकले बिबादलाई सुल्झ्याउँदै नेपाल उधोग बाणिज्य महासंघको निर्वाचनमा डिसिएनका महाप्रबन्धक अशोक शर्मालाई पठाउने निर्णय गरेको छ ।

 

निर्माताद्वय रायमाझी र शर्माले उधोग बाणिज्य महासंघको निर्वाचनमा जान आ-आफ्नै अडान लिएपछि संघले यि दुई मध्ये एकलाई सिफारिस गर्न नसकेपछि बिबाद सुल्झाउन संघमा निर्वाचनको अवस्था समेत आईसकेको थियो । तर नेपाल उधोग बाणिज्य महासंघको निर्वाचनमा प्रतिनिधि भएर जान निर्माताले निर्माता संघमा कम्तिमा दुई बर्षको कार्यकाल बिताएको हुनुपर्ने कुरा थाहा पाएपछि संघले निर्माता शर्मालाई सिफारिस गरेको हो । सो निर्णयलाई अहिले निर्माता रायमाझीले पनि सहर्स स्विकारेका छन् ।