मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखरामा अर्न्तराष्ट्रिय चलचित्र महोत्सव

फिल्मीखबर, पोखरा, 2011/03/09

गुरुङ फिल्म एसोसिएसन (जिफा) ले पर्यटकिय नगरी पोखरामा 'पोखरा अर्न्तराष्ट्रिय चलचित्र महोत्सव' को आयोजना गर्दैछ । फाल्गुनको २७ र २८ गते हुने सो महोत्सवमा आदिवासी चलचित्र र नेपाली चलचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

 

पोखरा सभागृह र होटेल आनन्दको सभाहलमा चल्ने सो दुई दिने महोत्सवमा नेपाल, अमेरिका, क्यानडा, भुटान, मेक्सिको, पेरु लगायतका राष्ट्रका चलचित्र प्रदर्शन गरिने छ । स्वदेशी र विदेशी आदिवासी बिचको संस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो महोत्सवमा चार मिनेट देखि साढे दुई घण्टा लामो चलचित्र प्रदर्शन गरिने आयोजक संस्थाका अध्यक्ष माओत्से गुरुङले जानकारी गराए । चलचित्रमा गुरुङ, लिम्बू, मगर र तामाङ भाषाका चलचित्र प्रदर्शन गरिंदैछ ।

 

महोत्सवमा पसिनाले सिँचेको भूमि, तमू हयुला, मार्केट, एन्ड द रिभर फ्लोज अन, पिपल्स अफ द र्डार्कनेस, हरपलको बाध्यता, धुन, सालीज्यू, डाँफे चरी, पोङ, लक्ष्मी, स्पेयर चेन्ज, द ब्रोकन विङग्स, इक्वे, याक्थुङ वाङभे, एमेजोनिया फर सेल, सैं लगायतका चलचित्र प्रदर्शन हुनेछन् । यिनै चलचित्र मध्ये क्रिटिक्स, इन्करेज र दर्शक छनोट गरि तीन बिधामा अवार्ड प्रदान गरिने भएको छ । महोत्सवमा आदिवासीका कला, संस्कृति र रहनसहन झल्कने झाँकी, विभिन्न खानाका स्टल तथा बिभिन्न नृत्य पनि प्रस्तुत गरिने आयोजकको भनाई छ ।