मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेफ्टा अवार्डमा गोविन्दको करियोग्राफी

फिल्मीखबर, काठमाण्डौ, 2011/03/10

नेपाल चलचित्र प्राविधिक संघको आयोजनामा आगामी शनिवार हुन लागेको नेफ्टा फिल्म चलचित्र अवार्ड कार्यक्रममा नृत्यनिर्देशक गोविन्द राईले करिब ३ दर्जनकलाकारलाई नचाउँदैछन् ।

 

राजधानीको होटल सोल्टी क्राउन प्लाजामा हुन लागेको सो अवार्ड समारोहमा अभिनेत्री करिष्मा मानन्धर, नन्दिता केसी, सृजना बस्नेत, शुभेच्छा थापा, सुमिना घिमिरे, शोभित बस्नेत, मुकेश आचार्य, गरिमा पन्त, शुष्मा कार्की, सविन केसी, माधव श्रेष्ठ, प्रतिष्ठा प्रसाईं, रञ्जिता गुरुङ, दीपश्रमजंग राणा लगायतका कलाकारले आकर्षक प्रस्तुती प्रस्तुत गर्ने नृत्यनिर्देशक गोविन्द राईले जानकारी दिए । विगत तीन साता गोबिन्दले उनीहरूलाई जमलस्थित राष्ट्रिय नाचघरमा नृत्य गर्न सिकाईरहेका छन् ।

 


कार्यक्रममा अभिनेत्री करिष्मा मानन्धरले बिभिन्न सात चलचित्रका सात गीतको संयोजन गरिएको गीतमा आफ्नो आकर्षक नृत्य प्रस्तुत गर्ने भएकी छिन् । सो गीत १७ मिनेट लामो रहने बताईएको छ । साँढे दुई घण्टा अवधिको सो अवार्ड कार्यक्रमलाई तराई टेलिभिजनले साँझ ५ बजेदेखि प्रत्यक्ष प्रसारण गर्ने भएको छ । कला र संस्कृतिको जगेर्नाका लागि गर्न लागिएको सो अवार्डमा २०६६ साल वैशाख १ देखि चैत मसान्तसम्म प्रदर्शनमा आएका २८ नेपाली चलचित्र ३१ विधामा प्रतिष्पर्धा गर्दैछन् । अवार्ड छनोटका लागि विजयरत्न तुलाधर, मोहन निरौला, प्रभाकरदेव शर्मा, शान्तिपि्रय, नरेन्द्र प्रधान, विश्वेस श्रेष्ठ निर्णायक मण्डलमा रहेका छन् ।

 

उक्त अवसरमा नेपाल चलचित्र क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने दुई चलचित्रकर्मी छायांकार श्याममोहन श्रेष्ठ र प्रोडक्सन कन्ट्रोलर नारायणध्वज पन्तलाई लाइफ टाइम एचिभमेन्ट अवार्डले सम्मान गरिने भएको छ । कार्यक्रममा रामकृष्ण ढकाल, अञ्जु पन्त, संगीता राना, मल्लिका कार्की लगायतका गायक/ गायिकाले गीत पनि गाउने आयोजकले जानकारी दिएको छ ।