चलचित्र बिकास बोर्डका अध्यक्ष अमर गिरीले आईतवार आफ्नो पदबाट राजिनामा दिने बताएका छन् । बोर्डमा २० महिना अध्यक्ष भएर कार्यकाल बिताएका गिरीले फिल्मीखबरसँग कुरा गर्दै नयाँ सरकार गठन भएकाले सो सरकारलाई काम गर्न सजिलो होस् भनि राजिनामा दिन लागेको बताए ।
चैत्र १ गतेबाट लागु हुनेगरी राजिनामा दिन लागेको गिरीको भनाई छ । कार्य अबधीको म्याद सकिन ४ महिना बाँकी छदैं उनले राजिनामा दिन लागेका हुन् । २०६६ असार १६ गते एमाले सरकारले उनलाई बोर्डको अध्यक्ष पदमा नियुक्ति गरेको थियो । अहिले सरकारमा सुचना मन्त्रालय माओवादिले लिएपछि गिरीले राजिनामा दिन लागेको बताए ।
गिरीले राजिनामा दिएपछि बोर्डको अध्यक्ष पदमा माओवादीका तर्फबाट निबर्तमान अध्यक्ष गणेश भण्डारी हुनसक्ने सम्भावना देखिएको छ । माओवादीले आफ्नो सरकार हुँदा भण्डारीलाई बोर्डको अध्यक्ष बनाएको थियो ।