मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मैतिदेबीमा राजेशको सुन पसल

फिल्मीखबर, काठमाण्डौ, 2011/03/11

केहि महिना अगाडी प्रदर्शन भएको चलचित्र 'बाटो मुनिको फूल' का निर्माता राजेश घतानीले आफ्नो पूरानो सुन व्यवसायलाई निरन्तरता दिएका छन् । सुन व्यवसायलाई निरन्तरता दिने क्रममा उनले शुक्रबार राजधानीको मैतिदेबीमा ‘बाबा साइराम गहना गृह’ नामक सुन पसलको उद्घाटन गराएका छन् ।

 

कलाक्षेत्रका चर्चित अनुहार गायक राजेशपायल राई, नायिका नन्दिता केसी, नायक तथा गायक बाबु बोगटी, निर्माता सुनिल मानन्धर, गायक भरत सिटौला, निर्देशक सुरज सुब्बा 'नाल्बो' लगायतले सो सुन पसलको उद्घाटन गरेका हुन् । झापा स्थायी घर भएका निर्माता घतानीले आफ्ना पिताले गर्दै आएको कामलाई निरन्तरता दिँदै उनले ७८ बर्ष अगाडी देखि सुनको व्यवसाय गर्दै आएका थिए ।

 


उनले यसअघि मैतिदेबीमै गायक यश कुमारसँग मिलेर ‘रिदम गोल्ड ट्रेड सेन्टर’नामक सुन पसल खोलेका थिए र सो सुन पसल अहिले पनि सोही स्थानमा सञ्चालनमा छ । सुन व्यवसायको सहयोगले चलचित्र 'बाटो मुनिको फूल' निर्माण गरेका घतानीले अबको केहि दिनमा आफूले निर्माण गर्ने दोस्रो चलचित्रको नाम पनि सार्वजनिक गर्ने बताएका छन् । उनले अब निर्माण गर्ने चलचित्र बाटो मुनिको फूलको तुलनामा अझ राम्रो बनाउने बताएका छन् । निर्माता घतानीलाई फिल्मीखबरको शुभकामना !