मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हाँस्यकलाकारद्वारा पत्रकार पराजित

फिल्मीखबर, काठमाण्डौ, 2011/03/12

बक्स अफिस फुटबल लिग अन्तर्गत शनिबार भएको हाँस्यकलाकार र पत्रकार बिच भएको खेलमा हाँस्यकलाकारहरू विजयी भएका छन् । काठमाण्डौको सानो गौचरन मैदानमा भएको खेलमा हाँस्यकलाकारहरूले पत्रकारलाई ४-२ ले हराएका हुन् ।

 

'बक्स अफिस फिल्म फुटबल लिग २०६७ ' अन्तर्गतको खेलमा हाँस्यकलाकारको तर्फबाट मनराज श्रेष्ठ र चियोङ गुरूङले २/२ गोल गरे भने पत्रकारको तर्फबाट सुमन कार्की र श्रीहरी थापाले १/१ गोल गरे । दिपकराज गिरीको नेतृत्वमा हाँस्यकलाकारको तर्फबाट दिपकराज गिरी, दिपाश्री निरौला, सिताराम कट्टेल, केदार घिमिरे, दमन रूपाखेती, पूर्ण थापा, गोपाल ढकाल, मनराज श्रेष्ठ, चियोङ गुरूङलगायतका कलाकार फुटबल मैदानमा उत्रेका थिए भने पत्रकारको तर्फबाट दिपेन्द्र लामाको नेतृत्वमा दिपेन्द्र लामा, सुमन गैरे, उत्तम गौडेल, आरके सुवेदी, मनराज श्रेष्ठ, चियोङ गुरूङ, बिकास कार्की, दिनेश सिटौला, सुमन कार्की, श्रीहरी थापा लगायत मैदानमा उत्रेका थिए ।

 

सिनेस्टार मासिक पत्रिका, बक्स अफिस साप्ताहिक तथा नेपाल टेलिभिजन प्लसबाट प्रसारण भैरहेको चलचित्र सम्बन्धी कार्यक्रम दि बक्स अफिसको आयोजनामा भएको सो खेलमा हाँस्यकलाकारका तर्फबाट तीन जना खेलाडीले पहेंलो कार्ड पाएका थिए ।

 

सो खेल शुरू हुनुभन्दा पहिला आयोजकले शुक्रवार नवनिर्वाचित चलचित्र पत्रकार संघका शुक्रवार नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको थियो । यसैगरी सो कार्यक्रममा गायक राजेश पायल राई, निर्माता प्रदिप उदय, सुसिल पोखरेल, टंक लम्साल, अजित जंग राणा, हाँस्यकलाकार दिपकराज गिरी र पत्रकार दिपेन्द्र लामालाई पनि आयोजकले सम्मान गरेको थियो । कार्यक्रममा गायक राजेश पायल राईले आफ्नो पछिल्लो एल्बम 'राई इज किङ' का दुई गीत गाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।