भनिन्छ, पैसा भनेपछि महादेवका पनि त्रिनेत्र । पैसाकै कारणले कतिको त परिवार, साथीभाई तथा आफन्त बिच दुस्नमी नै बढेको हुन्छ । अझ व्यापार व्यवसायमा त झन् पैसाको मुख कालो नै हुन्छ भन्छन् तर यो भनाई भने नेपाली चलचित्र क्षेत्रका दुई हस्तीमा लागु भएन । ति दुई हस्ति पैसाको लागी लड्नु भन्दा पनि आफ्नो पुरानो मित्रतालाई कायमै राख्न खोज्दैछन् ।
प्रसङ्ग हो चलचित्र प्रहार र निगरानीका निर्माताद्वय टंक लम्साल र सुशिल पोखरेलको । लाखौं रूपिँया लगानी गरेर निर्माण गरिएको चलचित्रमा अर्काको चलचित्र भिड्न आएर व्यवसायलाई असर पार्दा कस्को मन दुख्दैन र । एकआपसमा लड्ने तयारी हुँद पनि एकअर्कासँग आफ्ना चलचित्र एक आपसमा लड्ने तयारी हुँदहुँदै पनि यि दुई निर्माताको मित्रतामा भने कुनै असर देखिएको छैन ।
चैत्र २५ गते टंकको चलचित्र प्रहार र निगरानी एकआपसमा भिड्दै छन् तर यि दुई निर्माता भने खुसीका साथ अंगालो हालेर हिंडेको देखिन्छ । यि दुबै निर्मातालाई चलचित्र एकआपसमा भिड्न लाग्दा पनि कुनै चिन्ता छैन । आखिर यि दुई निर्माता किन चिन्त्तिन देखिन्नन् त ? सुशिल भन्छन्, 'हामी दुबै जना आफ्ना चलचित्र प्रति बिश्वस्त छौं । ' हुनत दुबै चलचित्र एक्सन प्रधान हुन् र दुबै चलचित्रका मुख्य पात्र बिराज भट्ट नै हुन् र पनि यि दुबै निर्माता आ-आफ्ना चलचित्र प्रति ढुक्क छन् ।
डिसिएन नेपालले डिस्ट्रिव्युसन गर्न लागेको टंक लम्सालको चलचित्र 'प्रहार' चैत्र २५ गते देशभर एकसाथ प्रदर्शनमा आउँदै छ भने क्यू सिस्टम बाट प्रदर्शनमा आउन लागेको सुशिलको चलचित्र 'निगरानी' चैत्र १८ गते काठमाण्डौ उपत्यकामा र चैत्र २५ गते काठमाण्डौ बाहिरका हलहरूमा प्रदर्शन हुने करिब निश्चित छ । नेपाली चलचित्र उधोगमा एकले अर्काको रिस तथा दोषारोपण गरिरहेको अवस्थामा यि दुईको मित्रताबाट केहि पाठ पो सिक्ने हो की ?