मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्वका सिनेमा भवनमा तीन चलचित्र बीच भिडन्त

फिल्मीखबर, दमक, 2011/03/14

नेपाली सिनेमा उद्योगमा हरेक साता दुईभन्दा बढी चलचित्र प्रदर्शनमा आउनु नौलो कुरा होइन । यो साता पनि पूर्वका सिनेमा भवनमा तीन चलचित्र बीच प्रदर्शनको भिडन्त हुँदैछ । ती चलचित्रहरु कसम, तहल्का डटकम र ब्याच नं. १६ हुन् ।

 

ब्याच नं. १६ फागुन २० बाट देशभर प्रदर्शनमा आएको हो भने कसम र तहल्का डटकम उपत्यका र अन्य स्थानमा प्रदर्शन भएपछि पूर्व भित्रिएको हो । रामप्रसाद रिजालको निर्माण र उनका भाइ लक्ष्मण रिजालको निर्देशनमा बनेको चलचित्र कसम फागुन २९ गते धरानको गणेश टाकिजबाट प्रदर्शनमा आएको छ । दमक, बिर्तामोड, बेलबारी लगायत पूर्वका अन्य स्टेशनहरुमा सो चलचित्र चैत १ गतेबाट प्रदर्शित हुनेछ ।

 

चलचित्रमा सुमन सिंह, निखिल उप्रेती, उषा पौडेल, शोभिता सिंखडा लगायतले अभिनय गरेका छन् । टोले दादाहरुको कथामा निर्माण भएको चलचित्रले पूर्वमा राम्रो व्यवसाय गर्ने आशा चलचित्रका वितरक चैतन्य बरालले गरेका छन् । चलचित्रमा पूर्वी नेपालका साथै मिरिक, दार्जिलिङका दृश्य पनि छन् भने निखिल उप्रेतीले पछिल्लो पल्ट अभिनय गरेको यो अन्तिम चलचित्र हो ।

 


यसैगरी उपत्यका भित्र खासै व्यापार नगरेको तहल्का डटकम पनि पूर्वका सिनेमा भवनहरुबाट प्रदर्शनमा आएको छ । चलचित्र धरानको शिव सिनेमाका साथै पथरी, दमक आदि स्टेशनबाट प्रदर्शनमा आएको हो । चलचित्र दीपक परिकोटीले निर्देशन गरेका हुन् । दिलिप रायमाझी, रमित ढुंगाना, पुजना प्रधान लगायतले चलचित्रमा अभिनय गरेका छन् ।

 


त्यस्तै उच्च प्रविधि र धेरै लगानीमा बनेको भनेर चर्चामा आउन सफल ब्याच नं. १६ पनि अहिले डीसीएनका सिनेमा भवनहरुमा प्रदर्शन भइरहेका छन् । दमक, बिर्तामोड र पूर्वका अन्य स्टेशनमा चलचित्रको प्रारम्भिक व्यापार सन्तोष जनक रहेको रिपोर्ट प्राप्त भएको छ । विक्रान्त श्रेष्ठको निर्माण र पिताम्बर पाण्डेको निर्देशन रहेको चलचित्रमा सुमन सिंह, रुबी भट्टराई, अर्पण थापा, अनुप बराल, शुष्मा कार्की, ममता प्रधान लगायतले अभिनय गरेका छन् ।