मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गणेश टाकिज पनि डिजिटल प्रविधिमा

अर्पण ढकाल, धरान, 2011/03/15

हल सञ्चालन गरेको तीस वर्ष भन्दा बढि समय पार गरिसकेको धरान स्थित गणेश टाकिजमा पनि डिजिटल प्रविधिले प्रवेश पाउने भएको छ । चलचित्र भवनलाई यतिबेला नयाँ स्वरुपमा परिवर्तनको साथ सञ्चालनमा ल्याउन धमाधम विविध निर्माणकार्य भैरहेको छ ।

 

सम्भवत: नयाँ वर्षको अवसर पारेर बैशाखको पहिलो साताबाट डिजिटल प्रविधि सहित चलचित्र प्रदर्शनमा ल्याउने लक्ष्यको साथ काम धमाधम अगाडि बढाइरहेको जानकारी गणेश टाकिजका प्रबन्धक भोलामान श्रेष्ठले गराए । २०३४ बाट सञ्चालनमा आएको सो हल देशकै पुरानो र निर्मातालाई राम्रो पैसा दिने हलको रुपमा चिनिन्छ । धमाधम हलहरु बन्द भइरहेको स्थितिमा पनि कहिले बन्द नभएको यो हल विगत केही वर्षबाट भने अपडेट हुन सकेको थिएन ।

 

पूरानो सिट, नसुनिने साउण्ड सिस्टम र धमिलो पर्दाबाट धमिलो दृश्य हेर्न दर्शक बाध्य हुँदा हलको केही हदसम्म आकर्षण घटेको थियो । तर अहिले नेपाल भरका हलहरु  नयाँ प्रविधिमा परिवर्तन भैरहेको बेला नेपाली चलचित्रको लागि महत्वपूर्ण स्टेशनको रुपमा रहेको धरानको यो हल पनि  नयाँ प्रविधिमा जान लागेको हो । करिब ८५० सिट क्षमता रहेको हलमा पुराना सिट हटाएर नयाँ सिट लगाइनेछ ।

 

यतिबेला हलको शौचालय पनि पुननिर्माण गरिएको छ भने पुरै भवनमा आकर्षक रंगरोगन गरिएको छ । हलमा ५.१ साउण्ड सिस्टम पनि जडान गर्न थालिएको छ । डिजिटल प्रविधि हालेपछि प्रिन्ट र डिभिबाट चलचित्र प्रदर्शन गर्ने झन्झट पनि घट्ने र दर्शकले चाहे बमोजिम नै गणेश टाकिजमा गुणस्तरिय चलचित्र हेर्न पाउने प्रबन्धक श्रेष्ठको दाबी छ । दर्शकको सेवाको लागि क्यान्टिन पनि अझ व्यवस्थित रुपमा सञ्चालन हुनेछ ।