मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

श्रीमतीले निकाल्दिईन् ज्वरो

फिल्मीखबर, काठमाण्डौ, 2011/03/17

निर्देशक श्याम भट्टराईलाई अहिले खाने फुर्सद पनि छैन । उनको जीवन निकै व्यस्ततामा बितिरहेको छ । हुनत श्यामले अहिले कुनै चलचित्रको निर्देशन गरिरहेका छैनन् र पनि उनी आफू निकै व्यस्त भएको बताउँछन् । आखिरमा के कारणले उनी व्यस्त छन् त ? उनी भन्छन्, 'श्रीमतीको कामले गर्दा म आजभोली निकै व्यस्त छु । अहिले उनकै कारणले मलाई ज्वरो समेत आएको छ ।'

 


गत असारमा एक साँस्कृतिक कार्यक्रमका लागि अमेरिका प्रस्थान गरेकी उनकी श्रीमती तथा नायिका रञ्जना शर्माको ग्रीन कार्डका लागी अमेरिकी सरकारले अपुग कागजात मागेपछि ति कागजात जुटाउन आफू व्यस्त भएको श्यामको भनाई छ । अमेरिका नै बस्ने सोचले सो कार्यक्रममा सहभागी हुन पुगेकी रञ्जनालाई अहिले सरकाले कानुनी रूपमा अमेरिकामा नै बस्न दिएको श्यामले बताए । उनले भने, 'अब रञ्जनालाई नेपाल आउन र जान कुनै रोक छैन ।'

 


रञ्जनाको लागि आवश्यक कागजात जुटाउन व्यस्त श्यामले बिगत केहि सातादेखि निकै दौडधुप गर्नुपरेकाले टाईफाईड नै भएको बताए । उनले भने, 'खाने, सुत्ने ठेगान नै छैन । सायद यहि कारणले गर्दा होला मलाई त टाईफाईड नै भयो र अहिले टाईफाईडको दवाई खाँदैछु ।' श्रीमतीको माया र उनको भबिष्यको लागि आफूले जस्तो सुकै दु:ख गर्न पछि नपर्ने श्यामले बताए ।

 

श्रीमतीले अमेरिकी ग्रिन कार्ड पाएपनि आफूलाई भने अमेरिका जान कुनै रहर नभएको श्यामको भनाई छ । उनी भन्छन्, 'मलाई अमेरिकाको लोभ हैन आफ्नै कर्मथलोको लोभ र माया छ ।' १४ बर्ष देखि चलचित्र क्षेत्रमा सक्रिय श्यामले थपे, 'आफ्नो जमिनमा जित्न नसकेको मान्छेले अर्काको जमिनमा गएर जित्न सकिन्छ भन्ने आश कसरी गर्नु ?'

 


श्रीमतीको खुसी नै आफ्नो खुसी भएको भन्दै श्याम भन्छन्, 'म नेपालमा नै बसेर राम्रा राम्रा चलचित्र बनाउने छु । मलाई अमेरिकाको कुनै मोह छैन ।' नेपालमा पाएको ईज्जत, मानसम्मान तथा प्रतिष्ठा गुमाउने चाहना नभएको बताउने श्याम अहिले श्रीमतीको अपुग कागजात जुटाउन व्यस्त रहनुको साथमा आफैले निर्माण गर्न लागेको चलचित्रको कलाकार छनोट र स्क्रिप्टको अन्तिम काममा पनि व्यस्त भएको बताए । तीन महिना भित्रमा छायाँकन गर्ने भन्दै चलचित्रको मुख्य पात्र नायिका रेखा थापा हुने श्यामले बताए ।