मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाहिर बोक्रो भित्र खोक्रो 'व्याच नं १६'

फिल्मीखबर, काठमाण्डौ, 2011/03/17

निकै तामझामका साथ प्रदर्शनमा आएको चलचित्र 'व्याच नं १६' ले आश गरे अनुरूपको व्यापार गर्न नसकेपछि चलचित्रमा निर्माता मात्र हैन चलचित्र उधोगले पनि एउटा नराम्रो हार बेहुर्नु परेको छ । चलचित्र निर्माण यूनिटले चलचित्रबाट निकै आश गरेको थियो तर सो आशा निराशामा बदलिएको छ ।

 


युवापुस्तालाई आधार मानेर निर्माण गरिएको भनिएको सो चलचित्र युवापुस्तामा मात्र सिमित रह्यो । बिशेष गरी शहरिया क्षेत्रका दर्शकलाई केन्द्रित गरि निर्माण गरिएको चलचित्र 'व्याच नं १६' ले शहरिया दर्शकको मन त जित्यो तर नेपाली चलचित्र हेर्ने अधिकांश दर्शकको मन जित्न सकेन र चलचित्र असफल हुनपुग्यो । चलचित्रको प्रचारप्रसारको अभावले चलचित्र धारापमा पर्न सक्ने कुरा फिल्मीखबरले केहि दिन अगाडी 'धरापमा 'व्याच नं १६' भनि समाचार सम्प्रेशण गरेको थियो र सो समाचार आज अथार्थमा परिणत भएको छ ।

 


चलचित्र प्रचारप्रसारको अभावले मात्र नभई कथाबस्तुको अभावले पनि चलचित्र असफल बन्न पुगेको चलचित्रकर्मीको भनाई छ । चलचित्रकर्मी मात्र नभएर दर्शकले पनि चलचित्रको मुख्य कमजोरी नै कथाबस्तु रहेको बताएका छन् । सुन्धारा स्थित क्यू एफएक्स सेन्ट्रल हलमा चलचित्र 'व्याच नं १६' हेर्न पुगेका शंकर पन्तलाई कथा साधारण लागे पनि सिनेमाट्रोग्राफी भने मन परेको बताए । त्यसैगरी चलचित्रको सिनेमाटोग्राफी र दुई पात्र सुमन सिंह र अर्पण थापाको अभिनय बाहेक अन्य कुनै पक्ष त्यसको आकर्षक नरहेको बिशाल त्रिपाठीले बताए ।

 


संजय गोपाल महर्जन र मंगल महर्जनलाई चलचित्रको एक्सन मन पर्‍यो रे । तर उनीहरूलाई कथा भने मन परेनछ । यता प्रबिन देबकोटाको भनाई पनि यि दर्शकको जस्तै छ । उनले पनि कथा नै चलचित्रको  मुख्य कमजोरी रहेको बताए । यसरी दर्शकलाई पनि चलचित्रको कथाले बाँध्न सकेन र चलचित्र ले सोचेजस्तो व्यापार गर्न सकेन ।

 

 

चलचित्र सार्वजनिक भएपछि बिभिन्न सञ्चारमाध्यममा चलचित्रको बारेमा निकै टिका टिप्पणी भए । अधिकांश सञ्चारमाध्यमले पनि चलचित्रमा धेरै कमजोरी देखिएको समाचार सम्प्रेषण गरेका छन् । घर बलियो हुन पहिला जग बलियो बनाउनु पर्छ भन्ने उखान आज चलचित्र व्याच नं १६ का लागि चरितार्थ भएको छ । त्यसैले चलचित्र भनेको एउटा सुन्दर घर जस्तै हो । घरलाई रंग रोगन गरेर बाहिरी आकर्षण दिंदैमा घर राम्रो र बलियो हुँदैन भन्ने कुरा बुझ्नु जरूरी छ । सबै चलचित्रकर्मीलाई चेतना भया !