निर्देशक समाजका अध्यक्ष केपी पाठक मोटरसाईकल दुर्घटनामा पनि घाईते भएका छन् । बुधबार साँझ करिब साढे आठ बजे तिर चावहिल स्थित मेडिकेयर अस्पताल अगाडी पाठक दुर्घटनामा परेका हुन् ।
साँझ साथीभाईलाई भेटेर घर फर्कने क्रममा मेडिकेयर अस्पताल अगाडी रहेको डिभाईडरमा ठोकिन पुगी उनी घाइते भएको पाठकको परिवारले जनाएको छ । दुर्घटनामा परि पाठकको दाहिने हात भाँचिएको छ । दुर्घटनामा परे लग्गतै केहि व्यक्तिले उनलाई मेडिकेयर अस्पताल लगेका थिए । मेडिकेयर अस्पतालमा बिहिबार उनको दाहिने हातको शल्यक्रिया गरिएको छ ।
निर्देशक पाठक घाईते भएपछि उनको आजको युरोप भ्रमण स्थगित भएको छ । उनको आज राति ११ बजेको बेल्जियमको फ्लाईट थियो । मेडिकेयर अस्पतालमा उपचार गराईरहेका पाठकले आफ्नो युरोप भ्रमण एक साताको लागी स्थगित गरिएको बताएका छन् ।