छायाँकनमा रहेको नेपाली कथानक चलचित्र 'डेस्टिनेश काठमाण्डू' कि मुख्य नायिका सराह मावेलाई एपेन्डिक्स रोगले च्यापेपछि अहिले उनको नर्भिक अस्पतालमा उपचार भईरहेको छ ।
बिहिबार राजधानीको बौद्वमा चलचित्रको छायाँकन भईरहँदा अष्ट्रेलियन नायिका सराहलाई अचानक पेट दुख्ने र वाकवाकी हुन थालेपछि उपचारका लागी तत्काल लैनचौर स्थित सिबिक अस्पताल लगिएको थियो । तर त्यहाँको डाक्टरले उनलाई एपेन्डिक्स भएको र अप्रेशनका लागी नर्भिकमा जान अनुरोध गरेपछि उनलाई उपचारका लागी साँझ करिब साढे सात बजे नर्भिक अस्पताल पुर्याईएको हो । चलचित्रकी प्रोडक्सन म्यानेजर शुष्मा कार्कीले नायिका सराहलाई नर्भिक अस्पताल पुर्याईएकी हुन् ।
नायिका सराह अचानक बिरामी भएपछि अहिले सो चलचित्रको छायाँकन अबरूद्व भएको छ । नायिकाको स्वाथ्यमा सुधार नआएसम्म चलचित्रको छायाँकन गर्न गार्हो हुने निर्देशक दिपक रायमाझीको भनाई छ । पोखरामा छायाँकन गरि केहि दिन अगाडी मात्र युनिट काठमाण्डौ आएको थियो । चलचित्रमा दिलिप रायमाझी, झरना थापा पनि मुख्य भुमिकामा छन् ।