मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नामसँगै भुमिकामा पनि परिवर्तन

दयाराम घिमिरे, काठमाण्डौ, 2011/03/20

करिब १० बर्ष अगाडि चलचित्र 'हिरो' बाट आफ्नो अभिनय प्रारम्भ गरेकी  नायिका पूजना स्त्रीले हाल सम्म २५ वटा चलचित्रमा अभिनय गरि सकेकी छिन् । अभिनयको प्रारम्भ पूजना प्रधानबाट गरेकी पूजनाले जय संगतमा लागेपछि आफ्नो थर परिवर्तन गरी स्त्री बनाईन । आफ्नो थर त परिबर्तन गरिन् गरिन् आफूले गर्दै आएको रोलमा पनि परिबर्तन गरेको उनको भनाई छ ।


प्रर्दशनमा  आउन लागेको चलचित्र 'श्रीमान्' मा पूजनाले विगतमा गर्दै आएको कामुक अभिनय तथा नृत्य भन्दा फरक अभिनय चलचित्र 'श्रीमान्' मा गरेको पूजनाको दाबी छ । आफूलाइ ग्ल्यामरस भूमिकामा मात्र दर्शकले देखेका र चलचित्रको रिलिज पछि पूजनाले ग्ल्यामरस भूमिका मात्र गर्न सक्छे भन्ने जुन दाग छ त्यो दाग मेटिएर जाने बताईन् । पूजनाले अभिनय गरेको  २५ औ चलचित्र हो 'श्रीमान्'  । २४ औ चलचित्र 'पापि मान्छे २' मा भन्दा यो चलचित्रमा फरक अभिनय रहेको उनी बताउँछिन् ।

 

कुनै समय कामुक नायिकाको उपाधि पाएकी पूजनाले भावुक रोल गर्न सक्दैन भनि ग्ल्यामर भूमिकामा मात्र अफर गर्नेलाई यो चलचित्रले राम्रै झापट दिने उनको भनाई छ । संख्यात्मक रुपमा फिल्म खेल्नु भन्दा पनि आफ्नो चरित्रलाई न्याय गर्ने, समाजमा स्थापित हुने खालका रोलमामा मात्र अभिनय गर्ने र नायकको नायिका भएर लभ मात्र गर्ने खालको रोल नगर्ने पूजनाले बताईन् ।

 

पूजनाले आगामी दिनमा कस्तो रोलमा अभिनय गर्ने हो त्यो त भविष्यले अवश्य पनि बताउने छ । तर उनको २५ औ चलचित्र श्रीमान्' पछि पनि सवै प्रकारको भूमिका मिलोस् र नामसँगै रोल पनि चेन्ज भएकोमा  पूजनालाई बधाई !