मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भैरब मन्दिरमा आयुष र नीताको बिहे

फिल्मीखबर, काठमाण्डौ, 2011/03/21

आईतवार थापाथली स्थित भैरब मन्दिरमा नायक आयुष रिजालले नायिका नीता ढुंगानासँग भिन्न तरिकाले बिहे गरे । आफ्नो प्रेमीकालाई भिलेनले अपहरण गरेर बिहे गर्न लागेको थाहा पाएपछि बिबाह मण्डपमा पुगेका आयुषले उपस्थित भिलेनहरूलाई सखाप पारी नीतासँग आयुषले सोही मण्डपमा बिहे गरेका हुन् ।

 


हुनत भैरब मन्दिरमा बिहे गर्ने चलन छैन तर आयुषको बिहे भने भैरब मन्दिरमै गरियो । निकै कठोर स्वाभावका बाउ शंकर आचार्यले छोरीको बिहे जबर्जस्ती अर्कै केटासँग गर्दिन लागेपछि नीता घरबाट भागेकी हुन्छिन् । घरबाट भागेपछि नीतालाई निकै माया गर्ने भिलेन सुरेश केसीले उनीसँग जबर्जस्ती बिहे गर्न भैरब मन्दिर पुर्‍याएका हुन्छन् । चारैतिर भिलेनहरूको पहरामा बिहे गरिरहेका भिलेन सुरेश केसीले नीतालाई सिन्दूर हाल्न के मात्र लागेका थिए हिरो आयुष दुई हातमा पेस्तोल बोकी अचानक बिहे मण्डपमा आईपुग्छन् ।

 

आफ्नी प्रेमिकाको सिउँदो अर्कैले सजाउने थाहा पाएर बिहे मण्डपमा पुगेका आयुषले पेस्तोलको सहाराले सबै भिलेनलाई मारेर सोही मण्डपमा नीतासँग बिहे गरेका हुन्छन् । तर दुर्भाग्य बिहे गरेको केहि पलमै नीताले संसार छाड्छिन् । नीताको नीताले के कारणले यो संसार छाड्छिन् त ? उनले संसार छाड्नुको कारण बुझ्न भने चलचित्र 'बोस' हेर्न केहि महिना कुर्नुपर्ने हुन्छ ।

 

प्रस्तुत घटना प्रदिप श्रेष्ठको निर्देशकमा छायाँकन भईरहेको चलचित्र 'बोस' को मध्यान्तर हुनु भन्दा अगाडीको हो । रोज पिक्चर्सको प्रस्तुतीमा तुलसी आचार्यले निर्माण गरेको सो चलचित्रको अहिले राजधानीका बिभिन्न स्थानहरूमा छायाँकन भईरहेको छ । मौनता श्रेष्ठको लेखन, चेतन सापकोटाको संगीत, हिमाल केसीको द्वन्द, कविराजको नृत्य तथा रामशरण उप्रेतीको छायाँकन रहेको सो चलचित्रमा आयुष रिजाल, नीता ढुंगाना, अयुब केसी, रिया श्रेष्ठ, शंकर आचार्य, सुरेश केसी, उमेश खड्का लगायतका कलाकारले अभिनय गरेका छन् ।