मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सिनेमामा एउटा प्रयोग 'अपवाद'

फिल्मीखबर, काठमाण्डौ, 2011/03/23

नेपाली चलचित्र क्षेत्रमा प्रयोगको रूपमा चलचित्र 'अपवाद' निर्माण गरिँदै छ । फिल्म कलेजमा पढेका बिधार्थीहरू मिलेर निर्माण गर्न लागेको सो चलचित्र सिनेमाहरूको भिडमा एउटा फरक पहिचान बोकेर प्रस्तुत हुने चलचित्रका नायक राजबल्लभ कोईरालाले बताए ।

 


बुधबार बिहान सुन्धारा स्थित बेकरी क्याफेमा चलचित्रको मुहुर्त समारोहमा उपस्थित भएका नायक कोईरालाले चलचित्र 'अपवाद' शब्दमा मात्र नभएर दृश्यमा पनि फरक दिने प्रतिबद्वता व्यक्त गरे । नवनिर्देशक सुवास कोईरालाले निर्देशन गर्न लागेको सो चलचित्र नेपाली चलचित्रको फर्मुलालाई लात हान्दै बिना फाईटको हुने निर्देशकको भनाई छ ।

 

आईडियाज एण्ड इमेजेज प्रालीको व्यानरमा सुसन प्रजापती र उपेन्द्र लामिछानेले संयुक्त रूपमा निर्माण गर्न लागेको सो चलचित्रमा राजबल्लभ कोईराला, निशा अधिकारी, रवि गिरी र विजया गिरी गरी जम्मा चार जना मुख्य कलाकार रहने छन् ।

 

बुधबारबाट नै छायाँकन शुरू गरिने सो चलचित्रमा नयाँ संगीतकारको रूपमा उज्जवल मेघीले डेब्यू गर्दैछन् । चलचित्रमा गायिका भने नरहने निर्माण पक्षले जनाएको छ । एउटा हराएको मान्छेको कथामा अधारित रहेर निर्माण गरिन लागेको सामाजिक चलचित्र 'अपवाद' मा निर्देशक कोईरालाको कथा, सुसन प्रजापतीको छायाँकन र राजु ढुंगानाको सम्पादन रहने बताईएको छ ।

 

निर्माता प्रदिप उदय र कलाकार सुनिल थापाले क्ल्याप र क्यामेरा पूजा गरेर चलचित्रको मुहुर्त गरेका थिए । उनीहरूले चलचित्रको सफलताको कामना व्यक्त गरेका थिए । चलचित्रको छायाँकन कोशिटप्पु, काठमाण्डौ र नुवाकोटमा गरिने भएको छ । यो चलचित्रको नाममा करिब डेढ बर्ष अघि सर्ट फिल्म भने बनिसकेको छ ।