मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रातेकाईंलाको सम्बोधन 'ह्याप्पी लोडसेडिङ'

दयाराम घिमिरे, काठमाण्डौ, 2011/03/23

नेपाली चलचित्रका एक नक्षत्रका रुपमा मानिने रातेकाईंला अर्थात सुनिल थापाको शव्द भण्डारमा नमस्कार शव्द लगभग हटिसकेको छ । कुनै कार्यक्रमलाई संबोधन गर्नु परेमा थापाले नमस्कारको ठाउँमा भन्ने गरेका छन् 'ह्याप्पी लोडसेडिङ' ।

 


लोडसेडिङको मारमा नपर्ने सायदै कोहि होला । देशको हरेक क्षेत्रका व्यक्तिलाई अहिले लोडसेडिङले दिक्कै बनाएको छ । त्यसको मारमा नेपाली चलचित्र उधोग पनि परेको छ । यहि लोडसेडिङको प्रत्यक्ष मारमा परेका रातेकाईंलाले लोडसेडिङ देखेर निकै आक्रोशित हुँदै लोडसेडिङलाई व्यङ्ग गर्दै ' ह्याप्पी लोडसेडिङ' भन्ने गरेका हुन् ।

 

दिनभर सूटिङबाट थाकेर आउँदा टेलिभिजन हेर्न नपाउँदा, जापानमा गएको भूकम्प र सुनामीको जानकारीबाट बञ्चित हुनुपर्दा, खेलकुदमा निकै रूचि हुँदाहुँदै पनि चलिरहेको बिश्वकप क्रिकेट हेर्नबाट बञ्चित हुनुपर्दा रातेकाईंला निकै दु:खि छन् । घरमा बत्ति नभएपछि उनी समाचार हेर्न र क्रिकेट हेर्न स्टार एफएमको कार्यालय जाने गर्दछन् । तर अर्काको अफिसमा पनि कति दिन गईरहनु ? त्यसैले उनी भन्छन्, 'म  त लोडसेडिङबाट निकै फ्रस्टेड भएको छु ।

 

रातेकाईंला त चलचित्र उधोगको एक प्रतिनिधी पात्र मात्र हुन् । उनी जस्ता सयौं चलचित्रकर्मी लोडसेडिङको प्रत्यक्ष र अप्रत्यक्ष मारमा परेका छन् । लोडसेडिङकै कारणले गर्दा चलचित्रको बजेट पनि बढ्ने गरेको छ भने काममा पनि निकै ढिलासुस्ती हुने गरेको छ । इनडोर सुटिङ, डबिङ, सम्पादन, रेकर्डिङ लगायतका काममा लोडसेडिङ बाधक बनेको छ । रातेकाईंला प्रश्न गर्छन्, 'यो समस्याबाट हामीले कहिले मुक्ति पाउने ?'


लोडसेडिङलाई व्यङ्य गर्दै बिभिन्न कार्यक्रममा रातेकाईंलाले 'ह्याप्पी लोडसेडिङ' भने जस्तै फिल्मीखबर डटकम पनि भन्छ, 'ह्याप्पी लोडसेडिङ' ।