मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निगरानी र मन परेपछि बिच भिडन्त

दयाराम घिमिरे, काठमाण्डौ, 2011/03/24

नेपाली चलचित्रको निर्माण जति जति बढिरहेको छ त्यति नै रिलिज पनि बढिरहेको छ । चलचित्रहरु एक हप्तामा दुई वटा लाग्ने गरेको उदाहरण हामीले देखेका छौ । चलचित्र पुर्ण रुपमा व्यापारको लागि वनाइएको हो तर चलचित्र लाग्दा पनि एक्लै लाग्न नपाउने र एक अर्कासँग जुध्ने गरेका छन् । यस्तैमा यहि १८ गते पनि दुई चलचित्र निगरानी र मन परेपछि एक आपसमा भिड्ने भएका छन् ।

 

दुई चलचित्र निगरानी र मन परेपछि एक आपसमा भिड्नु कुनै नौलो कुरा त होइन तर यी चलचित्र एउटै हलवाट एकै दिनमा एउटै पर्दामा रिलिज गर्ने तयारीमा छन् । शुसिल पोखरेलले निर्माण गरेको चलचित्र 'निगरानी' क्यू सिस्टमबाट बिश्वज्योती हल लगायतका करिब एक दर्जन हलमा सार्वजनिक हुँदैछ भने यता चलचित्र 'मन परेपछि' का निर्माता दिपक रमणले भने क्यू सिस्टम तोडेर बिश्वज्योती हलमा नै लगाउन कस्सिएको बुझिएको छ ।

 

निर्माता रमणले यस अघि नै क्यू सिस्टम तोडेर आफ्नो चलचित्र प्रदर्शन गर्ने कुरा बताउँदै आएका थिए । यि दुबै निर्माताले बिश्वज्योती चलचित्र भवनमा आफ्नो चलचित्र प्रदर्शन हुने बताउँछन् । बिश्वज्योती भवनमा जम्मा एक वटा पर्दा मात्र छ तर एउटै पर्दामा दुई चलचित्र एकसाथ कसरी चल्न सक्छ र ? निगरानीका निर्माता पोखरेल भन्छन्, 'मेरो चलचित्र १८ गते बिश्वज्योतीमा लाग्छ त्यसैले दर्शकहरू ढुक्क भएर निगरानी हेर्न चलचित्र भवन पुगे हुन्छ ।' यता मन परेपछीका निर्माता पनि सो मितीमा निगरानी नभएर आफ्नै चलचित्र लाग्ने कुरा बताउँछन् ।

 


यसरी यतिबेला यी दुई चलचित्र र निर्माता विच एक प्रकारको मानसिक युद्ध नै परिहेको छ  । हुनत युद्धले कसैको हित गर्दैन र पनि यि दुई निर्माता बिच युद्व चल्दै छ । हेरौं यि दुई मध्ये कस्ले युद्व जित्ने हो ।