मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्रमा फिफा वर्ल्ड कप

फिल्मीखबर, काठमाण्डौ, 2011/03/24

खेलको राजा फुटबलको चाड मानिने फिफा वर्ल्ड कपको बिषयमा चलचित्र बन्ने भएको छ । 'फिफा वर्ल्ड कप इन नेपाल' नाम राखेर निर्माण गर्न लागिएको चलचित्रको बिहिबार ललितपुर स्थित एन्फा मैदानमा मुहुर्त गरियो । चलचित्रको मुहुर्त एन्फाका अध्यक्ष गणेश थापाले फुटबललाई लात हानेर गरेका थिए ।
 

 

रामशरण पाठकको लेखन र निर्देशनमा बन्न लागेको सो चलचित्रमा हरेक चार बर्षमा आउने बिश्वकप फुटबलको बारेमा नेपाली युवाहरूको रूचि र उनीहरूले बुनेको सपनालाई मुख्य कथाबस्तु बनाईएको मुहुर्त कार्यक्रममा जानकारी गराईयो । नेपाली युवाहरू बिश्वकप फुटबलमा सहभागी हुन नसकेपनि आफूलाई अर्न्तराष्ट्रिय खेलाडीको रूपमा कल्पना गर्ने गरेको यथार्थ घटनालाई निर्देशकले चलचित्रको पर्दा मार्फत प्रस्तुत गर्ने जमर्को गरेका छन् । चलचित्रमा १६ बर्ष मुनिका बच्चाहरू मुख्य भुमिकामा प्रस्तुत हुँदैछन् ।

 

प्रकाश थापा र राम तामाङले निर्माण गर्न लागेको सो चलचित्रमा गिरी प्रसाद पुन, गोपाल अर्याल, संगम राई, सपन घिमिरे, उमेश थापा, सागर लामा, ऋषि थापा मगर, प्रविन तामाङ, राम फागो, पर्वत सुब्बा, सुजन तामाङ, निश्चल घले लगायतले अभिनय गर्दैछन् । जुगल डङ्गोल र समन घलेको संगीत, राजु भण्डारीको सम्पादन, मनिष पन्तको छायाँकन, कृष्णभक्त महर्जनको नृत्य तथा मनोहर गौतम र रामशरण पाठकको गीत रहने बताईएको छ ।

 

चलचित्रको मुहुर्त सट दिन एन्फा मैदानमा उपस्थित भएका एन्फाका अध्यक्ष भण्डारीले सरकाले फुटबल खेललाई प्राथमिकता दिए नेपाली युवाहरू पनि वर्ल्ड कपमा जान सक्ने बताए । एन्फाको उद्देश्य पनि वर्ल्ड कप नै रहेकोले यस चलचित्रले वर्ल्ड कपको सपना बुनेर बसेका नेपाली युवाहरूलाई हौसला प्रदान गर्ने भण्डारीले बताए । उनले एन्फाको तर्फबाट चलचित्रका लागि सक्दो सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।