हरेक चलचित्र एक आपसमा जुधिरहेको यो समयमा निर्माता निर्देशक राजु लामा भने दंग छन् । किनकी २०६८ साल बैसाख ९ गते रिलिज हुने चलचित्र तिम्रो घर मेरो ससुराली हाल सम्म रिलीज मिति तय गरिएको चलचित्र मध्ये एक्लो चलचित्र रहेको बुझिएको छ ।
खेल खेलाडी, क्याराङग्याङ, क्याराङग्याङ २, ज्यानको वाजि जस्ता चलचित्र निर्माण गर्ने राजु लामाको यो चलचित्र चौथो चलचित्र हो । चलचित्रको नाम झट्ट सुन्दा कमेडि चलचित्र जस्तो लाग्छ तर यो चलचित्र कमेडि मात्र नभई एक्सनप्रधान पनि रहेको निर्देशक लामाको भनाई छ । चलचित्र बिशेषगरी बालमनोबिज्ञानमा आधारित रहेको उनको भनाई छ । चलचित्रमा अजु लामा सोनिया केसी, दिनेश शर्मा, स्व. गोपाल भूटानि आदि कलाकारले अभिनय गरेका छन् भने संगित दिपक रमणको रहेको छ ।
करिब ४५ लाखको वजेटमा निर्मित बुद्ध र बौद्धीष्ट समाजको कथामा आधारित यो चलचित्र अहिले बनिरहेका चलचित्र भन्दा फरक कथामा बनेको र बैसाख ९ गते लाग्ने एक्लो चलचित्र भएको दाबि गर्छन निर्माता निर्देशक लामा । कुन चलचित्र कुन चलचित्रसँग जुध्ने रिलिजको २ दिन अगाडि सम्म पनि तय नहुने हाम्रो चलचित्र उधोगमा एक महिना अगाडि देखि एक्लो चलचित्र भनि प्रचार प्रसार गर्दा भनेको नपुग्ने पो हो कि ? राजु जि बिचार गरौं है ।