मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रायमाझीले दिए राजिनामा

फिल्मीखबर, काठमाण्डौ, 2011/03/29

चलचित्र निर्माता संघको सल्लाहकार पदबाट निर्माता रमेशजंग रायमाझीले राजिनामा दिएका छन् । चैत्र महिनामा हुने भनिएको नेपाल उधोग बाणिज्य महासंघको निर्वाचनमा शुरूमा आफ्नो नाम प्रस्ताव गरे पनि अन्तत: अशोक शर्मालाई सिफारिस गरेपछि अध्यक्ष गैर जिम्वेवार भएको भन्दै आफूले राजिनामा दिएको रायमाझीले फिल्मीखबरलाई बताए ।

 

महासंघको निर्वाचनमा हरेक पेशाकर्मी संघसंस्थाबाट एक जना प्रतिनिधी जान पाउने व्यवस्था रहेकोले निर्माता संघको तर्फबाट अध्यक्ष राईले आफ्नो एकल निर्णय गरी संघका सल्लाहकार सिफारिस गरेको केहि दिनमै संघको कार्यसमितीको बैठकले डिसिएनका महाप्रबन्धक अशोक शर्मालाई पनि सिफारिस गरेको थियो । अध्यक्ष राईले रायमाझीलाई सिफारिस गरेको कुरा उल्लेख नगरी समितीको बैठकबाट शर्मालाई निर्वाचनमा पठाउने निर्णय गरेको कुरा रायमाझीले थाहा पाएपछि सो बेलामा नै रायमाझीले अध्यक्ष गैर जिम्वेवार भएको भन्दै आफूले सल्लाहकार पदबाट राजिनामा दिने बताएका थिए ।

 

निर्माताद्वय रायमाझी र शर्माले उधोग बाणिज्य महासंघको निर्वाचनमा जान आ-आफ्नै अडान लिएपछि सो बिबाद सुल्झाउन गत फाल्गुन २३ गते सोमवार संघको बैठक बसेको थियो । सो बैठकमा नेपाल उधोग बाणिज्य महासंघको निर्वाचनमा प्रतिनिधि भएर जान निर्माताले निर्माता संघमा कम्तिमा दुई बर्षको कार्यकाल बिताएको हुनुपर्ने कुरा थाहा पाएपछि संघले निर्माता शर्मालाई सिफारिस गरेको थियो र सो निर्णयलाई रायमाझीले स्विकार पनि गरेका थिए । तर संघको गरिमामय पदमा रहेर अध्यक्ष राईले गैर जिम्वेवार काम गरेको भन्दै सो संघ आफू बस्न नचाहेको रायमाझीको भनाई छ ।

 

काँग्रेस पार्टीका नेता समेत रहेका निर्माता रायमाझीले आफूलाई पदको लोभ नभएको भन्दै यदि आफू मन्त्री भएको अवस्थामा पार्टीले चित्त नबुझ्ने काम गरे सो पदबाट पनि राजिनामा दिन पछि नपर्ने बताए । उनले भने, 'म काममा बिश्वास गर्छु । त्यसैले मलाई पदको लोभ छैन ।'