म चलचित्र उद्योगलाई सफल वनाउनको लागी युद्धमा निस्केको एउटा योद्धा हूँ । कि त विरगती प्राप्त गर्छु कि त युद्धमा बिजयि हुन्छु । माथिको यो भनाइ कुनै यद्धमा निस्कन लागेको कुनै सिपाइको नभइ यहि चैत्र २५ गते सार्वजनिक हुन लागेको चलचित्र 'म बिर्सुं कसरी' का निर्माता रिमेश अधिकारीको हो ।
यसअघि तस्विर, बिरोध, बसमा छैन यो मन जस्ता चलचित्र निर्माण गरिसकेका निर्माता अधिकारी नेपाली चलचित्र उधोगको बिकाशका लागी आफू यो क्षेत्रमा लागेको बताउँछन् । उनको पछिल्लो चलचित्र 'म बिर्सुं कसरी' सँग ३ वटा चलचित्र भिड्दैछन् । यसरी तीन चलचित्रसँग आफ्नो चलचित्र भिड्न लागेको अवस्थामा फिल्मीखबरले निर्माता अधिकारीलाई कतै तपाईंको चलचित्र पछाडी त पर्दैन भनि प्रश्न गर्दा अधिकारीले आफ्नो चलचित्र राम्रो भए पछि जति चलचित्रसँग जुधे पनि कुनै असर नपर्ने बताए । दर्शकले राम्रो र नराम्रो चलचित्र छुट्याउन सक्ने भएकोले आफूलाई डर नभएको बताए । तर पनि चलचित्रको पछिल्लो व्यापार हेर्दा उनमा केहि डर भने जागेको छ ।
चलचित्र पूर्णरुपमा युवा पुस्तालाई लक्षित गरि वनाइएको र परम्परात्मक पद्धति त्यागी नयाँ धारको चलचित्र निर्माण गरेको दावि अधिकारिको रहेको छ । बासुदेव पोखरेलले निर्देशन गरेको चलचित्र सो चलचित्रमा आयुष रिजाल, सुमन सिंह, मुकेश आचार्य, नीता ढुंगाना, सोनिया केसी, पुष्कर भट्ट लगायतका कलाकारको अभिनय रहेको छ । पद्म कुमारी फिल्मसको ब्यानरमा निर्माण भएको सो चलचित्रमा सुमन तन्डुकारले क्यामेरा चलाएका छन् भने राम जनकको द्धन्द, बब्बु थापाको नृत्य तथा बिनोद खम्वु र प्रल्हाद संग्रौलाको संगित रहेको छ । चलचित्रलाई मनोज आचार्य तथा किशोर साम्वाहाम्फेले समेत निर्माण गरेका हुन् ।
नयाँबर्षको शुभकामना सहित आएको निर्माता अधिकारीको मात्र नभएर सबैका चलचित्रहरू कसैले पनि बिरगति नपाउन र कुनै चलचित्र पनि सहिद भएको कुरा सुन्न नपरोस् । फिल्मीखबर डटकमको शुभकामना !