मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

लुकेर फायर गर्ने भए भूवनले

दयाराम घिमिरे, काठमाण्डौ, 2011/03/31

एक पछि अर्को राम्रो चलचित्र निर्माण गर्ने अभिनेता तथा निर्माता भुवन केसीको नयाँ चलचित्र 'साथी म तिम्रो' चाडै वजारमा आउने कुराको जानकारी दिए । करोडपती, म तिमी विना मरिहाल्छु जस्ता सफल चलचित्र निर्माण गर्ने अभिनेता केसीको पछिल्लो चलचित्रको नाम हो 'साथी म तिम्रो' ।

 

चलचित्र प्रर्दशनको लागि तयार भएको र कुनै पनि समय लाग्न सक्ने कुरा व्यक्त गर्छन् अभिनेता केसी । निकै बाठा मानिने अभिनेता केसीले आफ्नो चलचित्रको सार्बजनिक हुने मिती भने भन्न चाहेनन् । सार्बजनिक मिती पहिले नै निर्धारण गरियो भने दुष्मन पक्षले चलखेल गर्ने र चलचित्र जुधाउन तिर लाग्न सक्ने सम्भावना रहेकोले सार्बजनिक मिती निर्धारण नगरेको तर्क व्यक्त गर्छन् अभिनेता केसी । बन्दुकमा गोलि भरेर ठिक्क पारेर राखेको र कुनै पनि बेला फायर गर्ने र आफ्नो चलचित्रका दुष्मनलाई पराष्त गर्ने भुवनको बिचार छ ।


शिर्ष भुमिकामा देखिएका अभिनेता केसी र बालकलाकार शिर्षक सापकोटा बाहेक अन्य कलाकारको नाम लिन उनले चाहेनन् । नायिकाको नाम पनि नलिने भन्ने फिल्मीखबरको प्रश्नमा भुवन भन्छन्, 'नायिकाको नाम लिएर मेरो चलचित्र हिट हुँदैन । मेरो चलचित्र त कथा र प्रस्तुतिले हिट हुन्छ ।' चलचित्रमा ३ पुष्ताका ३ नायक बालकलाकार शिर्षक सापकोटा, टिनेजर्स नायक अनमोल केसी र युवा नायक भुवन केसी  नै पर्याप्त भएकोले अन्यको नाम लिनु नपर्ने केसी बताउँछन् ।


सदाबहार नायकको छबि बनाएका केसीको नयाँ चलचित्र 'साथी म तिम्रो' कहाँबाट कुन मितीमा लाग्ने हो कुनै टुंगो त छैन तर पनि अभिनेता केसीले आफ्ना दुस्मन सक्रिय हुन नपाउँदै चलचित्र प्रदर्शन गर्ने बताए ।भुवनको यो बठ्याईंलाई पनि मान्नै पर्छ ।