शुसिल पोखरेलले निर्माण गरेको चलचित्र 'निगरानी' ले शुक्रबारबाट काठमाण्डौ उपत्यका कब्जा गर्ने भएको छ । nयानकी चलचित्र निगरानी शुक्रबारबाट काठमाण्डौ उपत्यका र बनेपा गरी १३ सिनेमा घरमा एकसाथ प्रदर्शन हुँदैछ । राजेन्द्र उप्रेतीले निर्देशन गरेको सो चलचित्रसँग शुक्रबार कुनै पनि चलचित्र भिड्ने छैनन् ।
पालो प्रणालीबाट सार्वजनिक हुन लागेको सो चलचित्रसँग दिपक रमणको चलचित्र मन परेपछी जुध्न तम्तयार भएको थियो तर अन्तिम समयमा आएर सो चलचित्रले हात झिकेको छ । मन परेपछीले हात झिकेपछि भोजपुरीमा निर्माण गरि नेपालीमा डबिङ गरिएको चलचित्र 'अनाडी खेलाडी' पनि निगरानीसँग जुध्न तयारी अवस्थामा थियो । सो चलचित्र आफ्नो चलचित्रसँग भिड्न लागेको थाहा पाएपछि निर्माता पोखरेलले बितरक बिरेन्द्र महर्जनलाई चलचित्र 'अनाडी खेलाडी' नलगाउन अनुरोध गरेपछि सो चलचित्र पनि अहिले पछि हटेको छ । यसरी दुई-दुई चलचित्रसँग भिड्न लागेको चलचित्र 'निगरानी' अन्तत: राजधानीका हलमा एक्लै प्रदर्शन हुने भएको छ ।
काठमाण्डौ उपत्यकाको सिदार्थ सिनेमा घर बाहेकका सबै सिनेमा घरमा चलचित्र निगरानी प्रदर्शन हुँदैछ । यसैगरी सो चलचित्र आगामी चैत्र २५ गते राजधानी बाहिर हेटौंडा, नारायणगढ, बुटवल, कुस्मा, घोराही, उर्लाबारी, दमक र लालबन्दीका सिनेमा घरमा प्रदर्शन हुँदैछ । निर्माता पोखरेलले आफ्नो चलचित्र बिना प्रिमियर प्रदर्शन गर्दैछन् ।
आफ्नो चलचित्र एक्लै प्रदर्शन हुने भएपछि निर्माता पोखरेल निकै खुसी छन् तर उनको खुसीले कस्तो रूप लिने हो त्यो भने शुक्रबारदेखि नै थाहा हुनेछ । आश गरौं निर्माता पोखरेलको खुसी अझ बढेर जानेछ ।