मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आकाशको पहलमा अस्पताललाई सहयोग

फिल्मीखबर, नवलपरासी, 2011/03/31

प्रदर्शनको क्रममा रहेको चलचित्र 'काठमाण्डू' का निर्माता, नायक तथा निर्देशक आकाश अधिकारीले आफ्नै गृह नगर नवलपरासी स्थित चौपट्टामा खोलिएको शहिद स्मृती सामुदायिक अस्पताललाई आर्थिक सहयोग गरेका छन् । गैर्‍ह आवासिय नेपाली संघ (एनआरएन) का अध्यक्ष देवमान हिराचनको प्रमुख आतिथ्यमा गत शनिबार एक कार्यक्रमका बिच आकाशले नगद रू ७१, १७३ अस्पतालका अध्यक्ष क्षेत्र बहादुर थापालाई हस्तान्तरण गरेका हुन् ।

 

करिब दुई महिना युरोप र अमेरिका रहेर आफ्नो चलचित्रसँगै एक डकुमेन्ट्री प्रदर्शन गरेर उठेको रकम उनले अस्पताललाई हस्तान्तरण गरेका हुन् । सो रकम संकलनका लागी बेल्जियमको चितवन सहयोग कोष (CAT), स्पेनको जन सम्पर्क समिती, ह्याम्बर्गको गैर्‍ह आवासिय नेपाली संघ लगायतका केहि संघसंस्थाको सहयोगमा सो रकम संकलन गरिएको निर्देशक अधिकारीले फिल्मीखबरलाई जानकारी दिए ।

 

आकाशले अस्पताललाई सहयोग गरेको देखेर निकै खुसी भएका एनआरएन अध्यक्ष देवमान हिराचनले कार्यक्रममा उनको मुक्तकण्ठाले प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष हिराचनले पनि सो अस्पताललाई आवश्यक पर्ने उपकरण र केहि आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएका छन् । उनले सक्दो छिटो केहि उपकरण र आर्थिक सहयोग उपलब्ध गराउने सो कार्यक्रममा जानकारी दिए ।
 

 

काठमाण्डौको जनजीवनलाई आधार मानेर चलचित्र 'काठमाण्डू' निर्माण गरेका निर्माता, नायक तथा निर्देशक अधिकारीको यो सामाजिक सेवा एउटा पाटो मात्र हो । उनी यसबाहेक अन्य सामाजिक सेवामा पनि सक्रिय छन् । चलचित्र निर्माणसँगै समाजसेवामा पनि बिशेष रूचि राख्ने अधिकारी शहिद स्मृती सामुदायिक अस्पताल बिकास केन्द्रको अर्न्तराष्ट्रिय संयोजक पनि हुन् ।