मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

घिमिरेको चलचित्र समाचार

फिल्मीखबर, काठमाण्डौ, 2011/04/02

आजको समय डिजिटल प्रबिधिको हो । संसारमा हरेक दिन नयाँ नयाँ प्रबिधी भित्री रहेको छ । यहि क्रममा बिगत १२ बर्ष देखि चलचित्र पत्रकारिता गर्दै आएका राजन घिमिरेले पनि नेपाली चलचित्र प्रेमीका लागि नयाँ प्रबिधिको प्रयोग गरेका छन् ।

 


सञ्चारकर्मी घिमिरेले डिजिटल प्रबिधिसँग खेल्ने प्रयास गर्दै मोबाईलमा चलचित्र समाचार सुन्न सक्ने व्यवस्था गरेका छन् । नेपाली चलचित्र प्रेमीहरूले नेपाल टेलिकमको जुनसुकै टेलिफोन नम्बरबाट १६१८०७०७२२२२२ डायल गरि चलचित्रको समाचार सुन्न सक्नेछन् । समाचार सुन्नका लागी नेपालको जुनसुकै ठाउँबाट फोन गर्दा पनि लोकल चार्ज नै लाग्ने घिमिरेले बताए । ११ बर्ष देखि नेपाल टेलिभिजनमा फिल्मी कार्यक्रम क्ल्याप बोर्ड चलाउँदै आएका घिमिरेले यस्तो प्रबिधी मलेसिया भ्रमणमा जाँदा सिकेको बताए ।

 

केहि महिना अघि मलेसिया जाँदा त्यहाँका नेपालीले मोबाईलमा नेपाली समाचार सुन्ने गरेको देखेपछि सो प्रबिधिबाट प्रभावित हुँदै उनले नेपाल आएर त्यसको परिक्षण गरेको घिमिरे बताउँछन् । उनी भन्छन्, 'मैले एउटा सानो प्रयास मात्र गरेको हुँ ।' हुनत बिदेशमा यो प्रबिधी नौलो हैन तर नेपालमा भने यो प्रबिधी बिल्कुलै नयाँ हो । गोर्खा एफएम र घटना र बिचार साप्ताहिकका समेत काम गर्दै आएका घिमिरेले नेपाल टेलिभिजनमा हरेक शनिबार दिउँसो २ बजे चलचित्रको समाचार पनि पढ्ने गरेका छन् ।

 

नेपाली चलचित्रलाई मन देखि नै माया गर्ने गरेको बताउने घिमिरेलाई नयाँ प्रबिधिको शुरूवात गरेकोमा बधाई तथा प्रगतीको शुभकामना !