मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

हतपतको काम लतपत ?

फिल्मीखबर, काठमाण्डौ, 2011/04/02

छिटो छिटो सुटिङ सक्ने अनि सक्दो छिटो रिजिल पनि गर्ने । बेकारम लामो समय सम्म पालो कुरेर बेकारमा मिन समय र पैसाको नष्ट गर्नु ? यो भनाई अरू कसैको नभएर निर्माता रिमेश अधिकारीको हो ।

 

करिब चार महिना भित्रमा नै छायाँकन सकेर चैत्र २५ गते प्रदर्शन हुन लागेको चलचित्र 'म बिर्सुं कसरी' का निर्माता अधिकारीलाई चलचित्रमा धेरै समय र लगानी खर्चन मन् लग्दैन रे । 'उचित बजेटमा चलचित्र बनाउने अनि समयमै प्रदर्शन गर्ने', रिमेश बताउँछन् । गएको माघ तीन गते चलचित्र 'म बिर्सुं कसरी' छायाँकन शुरू गरेका अधिकारीले चलचित्रको सम्पूर्ण काम सकि करिब अढाई महिनामा नै चलचित्रको प्रदर्शन गर्दैछन् । प्राय चलचित्रको छायाँकन सक्न नै करिब दुई महिना लाग्छ तर निर्माता अधिकारीले भने अढाई महिनामा नै चलचित्र तयार बनाएर देखाए ।

 

चलचित्र 'म बिर्सुं कसरी' प्रदर्शन भएको महिना दिन बित्न नपाउँदै उनले पुन: अर्को चलचित्र निर्माण गर्दैछन् । जेष्ठ २५ गतेबाट छायाँकनमा जाने गरि उनले अर्को चलचित्रको काम पनि शुरू गरिसकेको बताए । सो चलचित्रको छायाँकन पनि छिट्टै नै सकेर भदौ महिना भित्रमा नै रिलिज गर्ने लक्ष्य राखेको निर्माता अधिकारीको भनाई छ । अब निर्माण गर्न लागेको चलचित्रमा पनि चलचित्र 'म बिर्सुं कसरी' का निर्देशक बासुदेब पोखरेल , नायक सुमन सिंह, आयुष रिजाल र मुकेश आचार्य सहितको टिम नै रहने बताईएको छ ।

 

आफू चलचित्र उद्योगलाई सफल वनाउनको लागी युद्धमा निस्केको एउटा योद्धा भएको बताउने अधिकारीले दर्शकलाई मन पर्ने चलचित्र निर्माण गर्ने बताउँछन् । उनी भन्छन्, 'छोटो समयमै चलचित्र निर्माण गर्ने पनि मेरो चलचित्र अरूको भन्दा कमको हुँदैन ।' यता निर्देशक पोखरेलको भनाई पनि रिमेशको जस्तै छ । उनी पनि छोटो समयमा चलचित्र निर्देशन गरेर छोटो समयमै प्रदर्शन गर्न सक्दा खुसी छन् । उनी भन्छन्,'हामी मै हूँ भन्नेको चलचित्र भन्दा राम्रो चलचित्र दिने प्रयास गर्छौं ।'

 

तर भनिन्छ नि, 'हतपतको काम लतपत' । कतै त्यस्तै त हुने हैन ? निर्देशक पोखरेल भन्छन्, 'हाम्रो टिमका हरेक व्यक्तिको हरेक व्यक्तिसँग कुरा मिल्छ । त्यसैले हामीलाई काम गर्न पनि सहज हुन्छ र रिजल्ट पनि राम्रै निकाल्ने प्रयास गर्छौं ।'  जे होस् छिटो-छिटो काम गरेर देखाउने खोज्ने सो युनिटलाई छिटो-छिटो सँगै मिठो-मिठो पनि होस् भन्ने शुभकामना !