मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दर्शकलाई मन पर्‍यो निगरानी

दयाराम घिमिरे, काठमाण्डौ, 2011/04/05

यहि चैत्र १८ गतेवाट काठमाण्डौ उपत्यका भित्र प्रर्दशनमा आएको शुशिल पोखरेलको प्रस्तुतिमा राजेन्द्र उप्रेतीको निर्देशन रहेको चलचित्र निगरानीको सोमबार प्रेश सो गरियो । चलचित्र हेर्न विश्वज्योति हलमा निमन्त्रणा गरेको थियो । चलचित्र  हेर्न सञ्चारकर्मीको साथमा नायिका अरुणिमा लम्साल, नायक बिराज भट्ट, निर्देशक राजेन्द्र उप्रेती, निर्माता शुशिल पोखरेल, संगीतकार वसन्त सापकोटा लगायत अन्य थुप्रै चलचित्रकर्मीहरूको वाक्लो उपस्थिति रहेको थियो ।

 
बालबालिका अपहरणको कथाको साथै प्रेम कथालाई एकै साथ प्रस्तुत गरिएको चलचित्र पूर्णतया व्यावसायिक बनेको छ । वाल प्रेमबाट आरम्भ चलचित्र निगरानी हेर्ने विश्वज्योति हल पुगेका चलचित्रकर्मी, सञ्चारकर्मीको साथमा दर्शकहरुले मिश्रीत प्रतिकृया दिए। चलचित्रको कथा वस्तु र प्रस्तुतिमा खासै नयाँपन नभएको गुनासो केहि दर्शकले प्रकट गरे भने केहि दर्शकले चलचित्र राम्रो भएको प्रतिकृया दिए । चलचित्रकर्मी र सञ्चारकर्मीहरूले चलचित्र व्यवसायिक भएकोले खासै कमेन्ट गर्न नपर्ने बताए ।
 

सातदोवाटो निवासी टंक मगरलाई चलचित्रको कथा राम्रो लागे पनि कलकारको अभिनयमा जिवन्तता नपाएको प्रतिक्रिया दिए । पुरानो बानेश्वरका रेशम शाक्यलाई अपहरणको कथा नेपालको सन्दर्भमा मिल्ने भएकोले चलचित्र मन परेको बताए । तर चलचित्रका मुख्य पात्रले वारम्वार  धुम्रपान गरेको देखाउदा नकारात्मक असर पर्ने बताए । यसैगरी काभ्रे जिल्ला स्थायी घर भई हाल अनामनगरमा बस्दै आएका अमर तामाङले चलचित्रको द्वन्द धेरै राम्रो भएको प्रतिक्रिया दिए । उनले खलपात्र नागेन्द्र रिजालको अभिनय र बिराज भट्टको द्वन्द मन परेको बताए ।
 

यसरी चलचित्र हेरिसके पछि दर्शकहरूले चलचित्रको बारेमा मिश्रित प्रतिक्रिया दिए । यता चलचित्रका निर्माता पोखरेल र निर्देशक उप्रेती भने निकै खुसी छन् । कारण चलचित्रले पछिल्लो समयमा राम्रो व्यापार गरेको दाबी उनीहरूको छ । चलचिचत्रको व्यापारको सम्बन्धमा निर्माता पोखरेलले केहि बोल्नै नपर्ने बताउँछन् । उनी भन्छन्, 'चलचित्रले कत्तिको व्यापार गरेको छ भन्ने कुरा त दर्शकको भिडले नै देखाएको छ ।'



चलचित्र निगरानी समग्रमा भन्नुपर्दा एउटा व्यावसायिक हो र यो चलचित्रले दर्शकलाई २ घण्टा २३ मिनेटसम्म मनोरञ्जन प्रदान गर्न सक्छ । चलचित्रमा बिराज भट्ट, अरूणिमा लम्साल, मुकेश ढकाल, जेनिशा केसी, नागेन्द्र रिजालको मुख्य अभिनय रहेको छ ।