मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

प्रहारबाट ठगिएकी शुभेच्छा

फिल्मीखबर, काठमाण्डौ, 2011/04/05

ओरालो लागेको मृगलाई बच्छाले पनि लखेट्छ भन्ने उखान आज नायिका शुभेच्छा थापाको जीवनमा मिल्न पुगेको छ । यसै त यि नायिका हरेक चलचित्रकर्मी र चलचित्रबाट ठगिएकी छिन् । त्यसैमाथी यहि चैत्र २५ गते सार्वजनिक हुन लागेको चलचित्र 'प्रहार' बाट त झन् मज्जाले ठगिएकी छिन् ।

 

टंक लम्सालको निर्माणमा शानु शाक्यले निर्देशन गरेको चलचित्र 'प्रहार' मा नायिका शुभेच्छाको मुख्य भुमिका रहेको छ । अझ यसो भनौं चलचित्रको मुख्य पात्र नै शुभेच्छा हुन् । तर दु:खको कुरा यो छ कि चलचित्रको प्रचारप्रसार सामाग्रीमा उनको नाम कहिं कतै सुन्न र देख्न पाईंदैन । जसले गर्दा नायिका थापा निकै दु:खी छिन् । चलचित्र 'प्रहार' मा शसक्त भुमिकामा प्रस्तुत भएकी शुभेच्छाले आफू निर्माता निर्देशकबाट नराम्रोसँग ठगिएको बताउँछिन् ।

 

चलचित्रमा नायिका रेखा थापाको भन्दा शसक्त भुमिका सुभेच्छाको भएपनि प्रचार प्रसार सामाग्रीमा रेखालाई नै प्रयोग गरिएको छ ।  चलचित्रको पोस्टर, प्रोमो तथा गीतमा नायिका शुभेच्छाको कहिं कतै छायाँ पनि देख्न पाईंदैन । निर्माता लम्सालले पनि सञ्चारमाध्यममा अर्न्तवार्ता दिँदा आफ्नो चलचित्रमा राजेश हमाल, बिराज भट्ट र रेखा थापाको मात्र गुनगान गाउने गरेका छन् । जबकी चलचित्रमा यि तीन पात्रको भन्दा बढि भुमिका शुभेच्छाको रहेको बुझिएको छ ।

 

निर्माता र निर्देशकले चलचित्रको प्रचार सामाग्रीमा नायिका शुभेच्छालाई त ठगे ठगे उनलाई पारिश्रमिकमा पनि ठगेको खुल्नमा आएको छ । नायिका थापाका अनुसार उनले अझै आफ्नो केहि पारिश्रमिक लिन बाँकि रहेको छ । उनलाई पारिश्रमिक दिनुपर्ने भएकाले निर्देशकले शुभेच्छालाई आफ्नै डबिङ गर्न नदिएर नायिका उषा पौडेललाई डबिङ गराएको फिल्मीखबरले पत्ता लगाएको छ ।

 

यसरी चलचित्रको मुख्य पात्रलाई नै ओझेलमा पार्नु कति सम्मको न्यायोचित हुन सक्छ ? यो प्रश्न निर्माता निर्देशकलाई मात्र नभएर सिंगो चलचित्र उधोगलाई पनि । के यो एउटा कलाकारको श्रम शोषण र उसको अधिकार खोसिएको हैन त ? यो बिषयलाई सम्बन्धित क्षेत्रले बिशेष ध्यान पुर्‍याउनु पर्ने देखिन्छ । जसले गर्दा आगामी दिनमा यि यस्ता अधिकार र शोषणको शिकार अन्य कोही चलचित्रकर्मी बन्न नपरोस् । सबैलाई चेतना भया !