मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजधानीमा कलाकारको महत्व घट्दै

दयाराम घिमिरे, काठमाण्डौ, 2011/04/05

कलाकारको महत्व त्यो बेला हुन्छ जब फ्यानहरू उनीहरूसँग भेट्न, कुरा गर्न, अटोग्राफ लिन, नजिकबाट हेर्न मरि मेट्छन् । त्यसैले त कलाकारहरूको निकै महत्व छ र फ्यान पनि सबैभन्दा बढि कलाकारहरूकै हुन्छन् । सानो पर्दा या ठूलो पर्दामा देखिने कलाकारहरू दर्शकका नजरमा बसिरहेका हुन्छन् ।
 

 

कलाकारहरूको महत्व त्यो बेला घट्छ जुन बेला उनीहरू सार्वजनिक ठाँउमा दिन रात भेटिन्छन् । यस्तै भएको छ अहिले राजधानीमा । एकातिर राजधानीका चोक चोक गल्ली गल्लीमा कलाकारहरू कि त चिया खाइरहेका भेटिन्छन् कि त गफ लडाइरहेका भेटिन्छन् भने अर्कातिर खाउँ जलि मरौं भने झैं २ महिनामा चलचित्रको छायांकन सकेर रिलिज गर्न पल्केका निर्माताहरु जतिसक्दो चाँडो चलचित्र बनाउन काठमाण्डौका चोक चोकमा छायांकन गरीरहेका भेटिन्छन् । जसले गर्दा राजधानीमा कलाकारहरूको महत्व घट्दै गएको बुझ्न सकिन्छ ।
 

 

सार्वजनिक स्थानबाट टाढा रहेर छायाँकन गर्दा, चलचित्रको प्रिमियरमा मात्र कलाकारहरू सार्वजनिक हुँदा उनीहरूको महत्व निकै थियो । फ्यानहरू पनि उनीहरूसँग नजिकिन रूचाउँथे । तर आजभोली नेपालको राजनिति जस्तै चलचित्र क्षेत्र पनि राजधानी केन्द्रित हुँदा कलाकारहरूको महत्व घटेको पाईएको छ । तर बर्ष दिनमा फाट्ट फुट्ट एक दुइ जना कलाकार देख्न पाउने मोफसलमा भने कलाकारहरूको महत्व घटेको छैन । त्यसैगरी सामाजिक सञ्जाल फेसबुक मार्फत पनि कलाकारहरू अप्रत्यक्ष रूपमा आफ्ना फ्यानहरूसँग लामो समय बिताउँदा उनीहरूको महत्व कम हुन गएको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।
 


मोफसलका दर्शकले चलचित्रको पर्दामा मात्र कलाकार देख्न पाउछन् भने उपत्यका भित्रका आम मानिसले दिनमा कुनै न कुनै कलाकारलाई भेट्ने गर्दछन् त्यो पनि बिच बजारमै । यसको प्रत्यक्ष असर चलचित्रमा पर्ने पक्का छ । भनिन्छ 'चिनि धेरै खायो भने तितो हुन्छ' । सायद अहिलेको समयमा सस्तो लोकप्रियताका लागी कलाकारहरु फ्यानहरूसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा चाहे भन्दा बढि दर्शक माझ प्रस्तुत भइरहेकाले उनीहरूको महत्व घट्नुको साथसाथै चलचित्रको व्यापारमा पनि ह्रास आएको त हैन ?  यो बिषयलाई एक पटक ध्यान दिने हो की ?