
नेपाली चलचित्र क्षेत्रमा ठग बहादुरहरूको कमि छैन । अधिकांश चलचित्रकर्मीहरूले एक न एक जनालाई त ठगेकै हुन्छन् । यहि ठगहरूको भिडमा चलचित्र 'शासन' का नायक तथा निर्माता लोकेन्द्र कार्की पनि परेका छन् ।
सोल्टीनी, आर्मी जस्ता चलचित्रबाट हिरोको रूपमा देखिएका लोकेन्द्र कार्कीलाई कसैले नपत्याएपछि रिसको झोकमा निकै चुरीफुरीका साथ 'शासन' बनाए र आफ्नो चलचित्र डेढ करोडको भन्दै व्यापक फुक्दै हिंडे । हरेक समाचारमा होस् या उनको अर्न्तवार्तामा डेढ करोडको चलचित्र 'शासन' भन्ने कुरा उल्लेख नभए त्यो समाचार नै बन्थेन । डेढ करोडको फुर्ती देखाउने तिनै लोकेन्द्रले सञ्चारमाध्यमा बिज्ञापनको पैसा तिर्न नसकेको फिल्मीखबरले पत्ता लगाएको छ ।
४/५ वटा कम्पनिको सिइओ भनेर फुर्ती देखाउने लोकेन्द्रले थुप्रै सञ्चारमाध्यममा बिज्ञापनको लाखौं रूपियाँ तिर्न बाँकी रहेको खुल्नमा आएको छ । 'शासन' चलचित्रका बितरक सुनिल मानन्धरका अनुसार लोकेन्द्रले पैसा नदिएपछि कति सञ्चारकर्मीलाई त आफूले नै पैसा तिरेको बताए । उनले भने, 'लोकेन्द्रले पैसा नदिएपछि मेरो शरणमा आउँछन् अनि नदिई सुखै हुँदैन ।' 'शासन' को मार्केटिङ कलाकार सम्राट सापकोटाले हेर्दै आएका थिए । सञ्चारकर्मीले सम्राटसँग नै लेनदेनको काम गर्थे । तर बैंक मानिएका लोकेन्द्रको हातबाट नै पैसा नझरेपछि सम्राटको पनि के लागोस् ?
केहि रकम पाउने आशमा दिनरात खटिएका सञ्चारकर्मीलाई लोकेन्द्रले पैसा नदिएपछि उनीहरू अहिले निकै रूष्ट भएका छन् । हुन पनि हो आफ्नो परिश्रमको फल नपाउँदा कस्लाई रिस उठ्दैन र ? फोन गरेर पैसा माग्दा लोकेन्द्रले घरि सम्राटको नाम लिने त घरि उनकै असिष्टेन्टको नाम लिने सञ्चारकर्मीको भनाई छ । नाम नखुलाउने सर्तमा एक टेलिभिजनका सञ्चारकर्मी भन्छन्, 'आफूले पाउनु पर्ने पैसा लिन कहिले सम्राटलाई फोन गर्नु पर्थ्यो त कहिले उनका असिष्टेन्टलाई फोन गर्नु पर्थ्यो । ति दुबैबाट सुनुवाई नभएपछि लोकेन्द्रलाई गुहार्नु पर्थ्यो । तर ठग्ने मनशाय बोकेकासँग केहि उपाय लाग्थेन। उनीहरूलाई भेट्न जाँदा र फोन गर्दा नै उल्टो आफ्नै खर्च हुन्थ्यो ।'
लोकेन्द्रले सञ्चारकर्मीलाई बिज्ञापनको पैसा त दिएनन् दिएनन् उनले आफूले गरेको बाचा पनि अहिले सम्म पूरा गरेका छैनन् । चलचित्र प्रदर्शन पूर्व लोकेन्द्रले चलचित्र शासनको प्रदर्शनबाट उठेको केहि रकम नेपालका ग्रामिण क्षेत्रमा शिक्षा, स्वास्थ्य र बृद्धहरूको सेवाको लागि फाउण्डेशन खोली त्यस मार्फत सहयोग गर्ने प्रतिबद्धता गरेका थिए । कहाँ गयो उनको त्यो प्रतिबद्वता ? अहिले यो प्रश्न हरेक सञ्चारमाध्यममा उब्जने गरेको छ ।
लोकेन्द्र जि पर्दामा बन्दूक बोकेर दर्शकमाझ शासन जमाउन असक्षम भएपछि सञ्चारकर्मी माझ शासन जमाउन त भएन नि ? आशा गरौं लोकेन्द्रबाट ठगिएका सञ्चारकर्मीले छिट्टै नै न्याए पाउने छन् ।