मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र संघको बार्षिक साधारणसभा बैशाख १६ गते

फिल्मीखबर, काठमाण्डौ, 2011/04/08

नेपाल चलचित्र संघको बार्षिक साधारणसभा आगामी बैशाख १६ गते हुने भएको छ । जस अर्न्तगत बिहान साढे दश बजे सुन्धारा स्थित क्यूएफएक्स सेन्ट्रल हलमा उदघाटन सत्र हुने र बन्द सत्र संघको कार्यालय बिशालनगरमा हुने कुराको जानकारी फिल्मीखबरलाई प्राप्त भएको छ ।

 

संघको बार्षिक साधारण सभाले नयाँ कार्यसमिती चयन गर्नेछ । जसका लागी सोही दिन निर्वाचन पनि हुने भएको छ । फिल्मीखबरलाई प्राप्त जानकारी अनुसार सो निर्वाचनका प्रमुख निर्वाचन अधिकृत शान्ति प्रिय रहने छन् । यसैगरी निर्वाचन अधिकृतको रूपमा अधिवक्ता सूर्य बिमली र कलाकार मदनदास श्रेष्ठ रहने बुझिएको छ । संघको अध्यक्ष पदमा को उठ्ने भन्ने बारे अझै निर्णय भईसकेको भने छैन । संघको नयाँ कार्यसमिती हरेक तीन बर्षमा चयन गरिन्छ ।

 

यसैगरी संघले यसै बर्ष देखि नेपाली चलचित्रकर्मी स्मृती सम्मान कोषको पनि स्थापना गर्दैछ । सो कोषको स्थापनासँगै संघले यस बर्ष नगद रू ११,१११ राशि सहितको कदर पत्रले चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने बिभिन्न ७ जनालाई सम्मान पनि गर्ने भएको छ । निर्देशक, अभिनेता, अभिनेत्री, संगीतकार, लेखक, प्राबिधिक र पत्रकार गरी सात बिधाका सात जनालाई संघले सम्मान गर्न लागेको हो । सम्मानित हुने व्यक्तिहरूको पनि अझै निर्णय भईसकेको छैन ।

 

उक्त स्मृती सम्मान कोषका लागि अहिले सात जना दाता भेटिएका छन् । जसमध्ये चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल, उपाध्यक्ष प्रदिप उदय, बिश्वज्योती हलका सञ्चालक मोहन सर्राफ, क्यूएफएक्स हलका सञ्चालन नकिम उद्दिन, गुण हलका सञ्चालन दिजेन्द्र शाक्य, चलचित्र बितरक तथा निर्माता बिरेन्द्र नारायण श्रेष्ठ र गायक योगेश्वर अमात्य रहेका छन् । उनीहरूले प्रति व्यक्ति एक लाख कोषमा जम्मा गरेका छन् । दाताले एक लाख सहयोग गरेपछि संघले हरेकको एक लाखमा पचास हजार थप गरेर कोषमा जम्मा गर्ने बताईएको छ ।

 

स्मृती सम्मान कोषका लागि जति दाता भेटिन्छ त्यति नै संख्यामा सम्मानित हुने व्यक्तिहरूको बिधा पनि थप गरिने बुझिएको छ । सो सम्मान कोषका लागि अहिले दाताहरूकै सात सदस्यि एक समिती गठन गरिएको छ जसमा अध्यक्षको रूपमा चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेल नै रहेका छन् । संघले अब देखि हरेक बर्ष नेपाली चलचित्र क्षेत्रमा योगदान पुर्‍याउने बिशिष्ठ व्यक्तिहरूलाई सम्मान गर्ने भएको छ ।