मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूर्वपश्चिम बन्दको प्रभाव चलचित्रमा पनि

फिल्मीखबर, काठमाण्डौ, 2011/04/08

थारुहट स्वायत्त राज्य परिषद्‍ले आह्वान गरेको अनिश्चितकालीन तराई बन्दले नेपाली चलचित्रको व्यापारलाई पनि प्रभावित पारेको छ । थारुहट स्वायत्त राज्य परिषद्‍ले पूर्वपश्चिमका तराई क्षेत्रमा बन्दको आह्वान गरेपछि शुक्रबार रिलिज भएका तीन चलचित्र 'म बिर्सुं कसरी', 'प्रितीको फूल' र 'प्रहार' तथा गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र 'निगरानी' को व्यापारमा प्रत्यक्ष असर पारेको निर्माताहरू बताउँछन् ।

 

न्दले गर्दा पूर्व तराईका सुनसरी, मोरङ, सर्लाही ,महोत्तरी तथा पश्चिम तारईका बाँके,बर्दिया,कैलाली , कञ्चनपुर लगायतका जिल्लामा रहेका सिनेमा घरहरूमा चलचित्र चल्न सकेका छैनन् । जसले गर्दा प्रदर्शनमा आएका चलचित्रहरू पोखरा, दमौली, नारायणगढ, बाग्लुङ, बुटवल लगायतका केहि स्थानमा मात्र चलिरहेका छन् । चलचित्र 'म बिर्सुं कसरी' का निर्माता रिमेश अधिकारीका अनुसार उनको चलचित्र मोफसलका २५ स्टेशनहरूमा लाग्ने पक्का भएको थियो तर बन्दले गर्दा पोखरा, दमौली, बाग्लुङ र बुटवलमा मात्र चलचित्र लागेको छ ।

 

रिमेशको मात्र हैन अन्य निर्माताको पनि उही हाल रहेको छ । सबैभन्दा बढि मारमा त चलचित्र 'प्रहार' परेको बुझिएको छ । टंक लम्सालको सो चलचित्रले न राजधानीमा हल पाएको छ नत मोफसलका हलमा नै । चलचित्र 'प्रहार' राजधानीका अष्टनारायण, गुण, कान्तिपुर र सिद्वार्थ हलमा मात्र लागेको छ भने मोफसलका पनि दुई/तीन हलमा मात्र लागेको बताईएको छ ।

 

त्यसै त यस बर्ष नेपाली चलचित्रको व्यापारको दृष्टिकोणले यस बर्षलाई कालो बर्षको रूपमा लिईएको छ त्यसैमाथी यस्ता बन्दहरूले गर्दा नेपाली चलचित्रको व्यापार कसरी माथी उठ्न सक्ला र ?