नेपाली चलचित्र जति पनि बन्ने गर्छन् प्राय सवै व्याबसायको लागि नै निर्माण हुने गर्दछन् । कति व्याबसायिक रुपमा सफल हुन्छन् त कति असफल । तर कति चलचित्र असफल भए पनि सामाजिक सेवा तर्फ अगाडि बढि रहेका छन् ।
केहि समय अगाडि प्रर्दशनमा आएको तर खासै व्याबसाहिक सफलता प्राप्त गर्न नसकेको आर.बि.के. शरद निर्देशित चलचित्र कृष्णा यति वेला समाज सेवामा लागेको छ । मृगौला रोगी हरिशरण दुलालको सहयोगको लागि यहि आउदो जेठ ३० गते सो चलचित्रको च्यारिटी शो गरिने भएको छ । च्यारिटी शो अष्टनारायण हलमा हुने निर्देशक शरदले फिल्मीखबरलाई जानकारी दिए ।
सो च्यारिटी शोबाट आएको पैसा मृगौला रोगि हरि शरण दुलालको उपचारको लागि खर्च गरिने छ । यसरी चलचित्र कष्णा एक जना रोगिलाई बचाउन प्रयत्न शिल छ । च्यारिटी शोको लागि आफ्नो चलचित्र उपलव्ध गराएका निर्देशक शरदको यो कदम पक्कै पनि धन्यवाद दिन लायक छ । यसरी नै चलचित्रकर्मी व्यावसायिकता सँगसँगै सामाजिक सेवा तर्फ पनि अगाडि बढेमा कसैले पनि अकालमा ज्यान गुमाउनु पर्ने थिएन कि ?