मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आर्यनले किन लुकाउन खोजे ?

फिल्मीखबर, काठमाण्डौ, 2011/04/09

शनिबार दिउँसो नेपाल पुलिस क्लबको प्राङ्गणमा कालो गाडी सरर आएर रोकियो । सायद प्रहरीका कोही ठूलै व्यक्ति आएछन् कि क्यारे भन्ने फिल्मीखबरलाई लाग्यो । तर सो गाडीबाट पुलिसका कोही ठूला व्यक्ति नभएर चक्लेटी नायक आर्यन सिक्देल थिए ।

 

कालो टोपी, खैरो कोट, निलो जिन्स पाईन्ट र सेतो जुत्तामा कालो गाडीबाट बाहिर निस्के लगत्तै आर्यनलाई फिल्मीखबरले प्रश्न तेर्स्यायो, 'नयाँ गाडी किन्नु भएको हो ?' आर्यनले जवाफ फर्काए, 'हैन' । आर्यनको जवाफ माथी बिश्वास नलागेपछि फिल्मीखबरले पुन: प्रश्न तेर्स्यायो, 'यस्तो गाडी त कहिल्लै देखिएको थिएन त ।' त्यसपछि आर्यनले बाध्य भएर मुख खोले, 'हो, मैले पुरानो गाडी बेचेर नयाँ गाडी किनेको हुँ ।'

 

आर्यनले शुरूमा किन झुट बोले त ? यो कुरालाई फिल्मीखबरले निकै गम्भिर रूपले सोच्यो र पत्ता पनि लगायो कि आर्यनले नयाँ गाडी नभएर सेकेन्ड ह्याण्ड गाडी पो किनेका रहेछन् । उनले गाडी त किने तर कतिमा किने भन्ने कुरा खोल्न चाहेनन् ।यसअघि टोयोटा कम्पनीकै कोरोला गाडी चढेका आर्यनले सो गाडी पुरानो भएपछि गाडी फेरेको बताए । टोयोटा कम्पनीकै गाडी चढ्न रूचाउने आर्यनले सो गाडी केहि दिन अगाडी मात्र लिएको बताए ।

 

पछिल्लो समयका निकै महँगा नायक मानिएका आर्यनले सेकेन्ड ह्याण्ड नै भए पनि गाडी फेरेकोमा बधाई र नयाँ गाडी चाँडो भन्दा चाँडो किन्नुस् भन्ने शुभकामना पनि !