मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

धरानमा म तिम्रो भईसकें

अर्पण ढकाल, धरान , 2011/04/10

शनिवार विदाको दिन धरान-१४ विजयपुरमा वेग्लै प्रकारको चहलपहल देखिन्थ्यो । त्यसै पनि मन्दिर नै मन्दिर रहेको यो पुण्यस्थलमा पूजापाठका लागि शनिवार दर्शनार्थीको त भीड हुनु स्वभाविक नै थियो  तर आफ्नै आँगनमा देशका चर्चित चलचित्रकर्मीलाई प्रत्यक्ष भेट्न पाउँदा अरु दिन भन्दा विजयपुरको चहलपहल निकै नै बढेको आभास गर्न सकिन्थ्यो।

 

भेटघाटको अवसर जुराएको थियो चलचित्र 'म तिम्रो भईसकें' को सुटिङ युनिटले । फाट्ट फुट्ट मात्र पूर्वमा ठूला व्यानरका नेपाली चलचित्रहरु सुटिङको लागि आउने हुँदा चलचित्र 'म तिम्रो भईसकें' को सुटिङ हेर्न धरान र आसपासका दर्शकको भीड मज्जालै लागेको थियो । झण्डै एक हप्ताको छायांकन कार्यक्रम लिएर पूर्व आएका निर्दैशक विकास आचार्य दर्शकको न्यानो मायाबाट मख्ख देखिन्थे । आफू पूर्वकै भएको हुँदा अव निर्माण गर्ने आफ्ना चलचित्रमा पूर्वका रमणीय स्थानलाई चलचित्रका पर्दा मार्फत देखाउने प्रतिबद्वता आचार्यले फिल्मीखबर समक्ष गरे । पूर्वमा छायांकनको लागि पर्याप्त मनोरम स्थान रहे पनि सधै चलचित्रकर्मीहरु पश्चिममै सिमित रहनु दुर्भाग्य रहेको उनले बताए ।

 


पूर्वबाटै उदाएका चलचित्रका नायक जीवन लुईंटेल पनि आफ्ना फ्यानबीच घेरिएर छायांकन गर्न पाउदा हर्षित देखिन्थे । उनी चलचित्रको लागी सटम व्यस्त भएपनि फुर्सद पाउना साथ फ्यानहरू माझ घेरिएर अटोग्राफ दिन र फोटो खिचाउन व्यस्त हुन्थे । पूर्व आएर पहिलो पटक चलचित्रको छायांकनमा सामेल हुन पाउदा चलचित्रकी नायिका ऋचा सिंह ठकुरी पनि मख्ख थिइन् । उनी पनि बेल बेला फ्यानहरूका माझ घेरिन्थिन् ।

 

चलचित्रमा धरानकै डनको रुपमा देखिन लागेका जीवन चलचित्रकी नायिका ठकुरीलाई पहिलो पटक भेट्दा उनको पछि लागिरहेको दृश्य छायांकन भइरहेको थियो ।  त्यस्तै चलचित्रको केही दृश्य आइतबार बुढासुब्बा मन्दिरको परिषरमा खिचिएको थियो  जहाँ जीवन र ऋचा बुढासुब्बाको बाँसमा मायाको डोरी बाँधी आफ्नो प्रेमलाई सफल बनाउन प्रतिज्ञा रहेका थिए । बुढासुब्बा मन्दिर परिसरको बाँसमा जोडीले नाम लेखे त्यो जोडी सफल हुने किंवदन्ती पनि छ ।
 


झण्डै ७० प्रतिशत छायांकन भइसकेको चलचित्रको करिब २५ प्रतिशत छायांकन पूर्वमा हुनै छ । विराटनगरबाट शुरु भएको यो क्रम धरानको बुढासुब्बा , दन्तकाली, पिण्डेश्वरी मन्दिर, घोपाक्याम हाता, हुँदै भेडेटारको रमणीय दृश्य कैद गरेपछि छायाँकन समाप्त हुने निर्देशक आचार्यको भनाई छ । चलचित्रको दुइवटा पनि पूर्वम नै हुनेछ । वान टाइम्स सिनेमा प्रालिको व्यानरमा विकास आचार्यकै निर्माण तथा लेखन रहेको सो चलचित्रमा जीवन र ऋचाक अलावा, उत्तम केसी, विज्ञान सापकोटा, अयुब केसी लगायतको अभिनय रहेको छ ।


शम्भु सापकोटाको छायांकन रहेको चलचित्रमा बसन्त सापकोटाको संगीत सुन्न पाइने छ । काठमाण्डौ, दोलखा, धरान, भेडेटारमा छायांकन भएको चलचित्र आगामी भदौसम्ममा दर्शकमाझ पुर्‍याउने लक्ष्य रहेको जानकारी निर्देशक आचार्यले गराए ।