मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कोशीबाट फर्कियो अपवाद

शेखर ढकाल, इटहरी, 2011/04/11

निर्माणाधिन चलचित्र अपवादको छायाँकन टोली सप्तकोशी नदिबाट फर्किएको छ । दुइसाता सम्म सप्तकोशी नदि र आसपासमा विभिन्न दृष्यको छायाँकन सकेर टोली शनिबार काठमाण्डौ फर्किएको हो ।

 


राजबल्लभ कोइराला र निशा अधिकारीको मुख्य भुमिका रहेको चलचित्रमा अपवादमा पनि मानिस खुसी हुन्छ भन्ने कथा बस्तु रहेको निर्माता तथा छायाँकार सुशन प्रजापतीले बताए ।  नायक कोइरालाले चलचित्रमा बाबुआमाको सपना र छोराछोरीको चाहना विचको द्वन्द रहेको जनाए । विषेश गरि पढाइको बिषय छान्ने कुरालाई दिएर समाजमा भैरहने द्वन्द चलचित्रले बोकेको कोइरालाको भनाइ छ । 

 

चलचित्रमा कोइराला र अधिकारीसगैं रवी गिरी, विजया गिरीलगायतका कलाकारको अभिनय रहेको छ । आइडियाज एण्ड इमेजेज प्रालिको ब्यानरमा निमार्ण सुरु भएको चलचित्रको निर्दैशक सुभाष कोइरालाले गर्दैछन् भने सुशन प्रजापति, सरोज कोइराला र उपेन्द्र लामिछानेको लगानी रहेको छ । एक महिनामा छायाँकन सकिने र दशैको आसपासमा प्रर्दशनमा आउने निर्माता सुशन प्रजापतिले बताए । नेपाली चलचित्रमा नयाँ कथा बस्तु भएकाले चलचित्र राम्रो बन्ने निर्माता प्रजापतिको भनाइ छ ।