मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र अभिलेखालयको स्थापना अपरिहार्य

दयाराम घिमिरे, काठमाण्डौ, 2011/04/12

वास्तवमा चलचित्र भनेको सामाजिक परिभेषको प्रतिबिम्ब हो । जसले व्यक्ति, समाज एवं समग्र मुलुकको सामाजिक सांस्कृतिक लगायत बहुआयामिक अबस्थाको प्रतिनिधित्व गरेको हुन्छ । यसरी चलचित्र मुलुकको राष्ट्रिय सम्पति एवं अमूल्य नीधि भएको कारणले यसकै आफ्नै महत्व एवं गरीमा रहेको हुन्छ ।

 

नेपालमा चलचित्र बिकाशको इतिहास त्यति लामो छैन । यद्यपि  हाम्रो र छिमेकी मित्र राष्ट्र भारतको सामाजिक, सांस्कृतिक रीतिरीवाज मिल्दो जुल्दो भएर होला हाम्रा चलचित्रका कथा बस्तुहरु भारतीय चलचित्रबाट प्रभावित भएको मान्न सकिन्छ । मुलुकमा चलचित्रको सुरुवात देखि हालसम्मको यावत गतिविधिहरु समेट्ने गरी एउटै छानामुनि चलचित्रसँग सम्बन्धित सम्पूर्ण गतिबिधि तथा तथ्याङकको सुचना प्रवाह गर्ने एक चलचित्र अभिलेखालयको आवश्यकता अपरिहार्य भएको महसुस गरिएको छ ।

 

बिगतका पुष्ताको योगदान र गतिबिधि भावी पुष्तामा हास्तान्तरण गर्न एवं चलचित्र क्षेत्रको दिगो बिकाश र बिस्तारका लागि पूर्वाधार बिकाश गर्न समेत यस प्रकारको अभिलेखालय स्थापना हुनु आवश्यक देखिएको छ । नेपालमा चलचित्रको बिकाशका लागि चलचित्र बिकाश बोर्ड पनि बनिसकेको छ यसर्थ मुलुकमा एक सुबिधा सम्पन्न चलचित्र अभिलेखालयको स्थापनाका लागि सरकारी क्षेत्रबाट उच्च प्राथमिकताका साथ पहल हुनु पर्ने जरुरि देखिन्छ ।

 

बास्तबमा चलचित्र संग्रहालय चलचित्र बिकाशको क्षेत्रमा एक महत्वपूर्ण कोषेढुङ्गा साबित हुने बिषयमा कसैको दुई मत नहोला । त्यसैले यस्तो कार्यमा सरकार र चलचित्रकर्मीहरूले बिशेष ध्यान पुर्‍याउनु आजको आवश्यकता हो ।