चलचित्र बन्ने क्रम बढिरहेको समयमा चलचित्र प्रर्दशन हुने सिनेमा घरहरु धमाधम बन्द भईरहेका समाचार बिभिन्न मिडियामा आईरहेका छन् । नेपाली चलचित्र चल्ने सिनेमा घरहरु एकदमै न्यून छन् त्यहि भएर कुनै पनि चलचित्रले लगानी उठाउन समेत धौ-धौ पर्छ । तर सुनसरीको दुहबीमा भने २ बर्ष देखि थन्किएको सिनेमा घर फेरि पुर्नजिबित भएको छ ।
सुनसरी जिल्लाको दुहबीमा करिब २ बर्ष देखि बन्द रहेको गंगा चलचित्र मन्दिर गत शुक्रबारबाट सञ्चालनमा आएको छ । गोपिकृष्ण सिनेमाले सो हल सञ्चालनमा ल्याएको हो । क्यूव सिस्टमबाट चलचित्र प्रर्दशन हुने सो गंगा चलचित्र मन्दिरमा डिजिटल साउन्ड सिस्टम सहित नयाँ सिट सहित नयाँ स्वरूपमा सञ्चालनमा आएको हो ।
गत शुक्रबारबाट सञ्चालनमा आएको सो चलचित्र मन्दिरमा हिन्दि चलचित्र थ्याङ् यू लागेको थियो भने सोमबार देखि गोपिकृष्णको व्यानरमा निर्माण भएको चलचित्र प्रितीको फूल लागेको छ । दुहबी क्षेत्रमा गुणस्तरिय सिनेमा घरको अभाब महसुस गरेका स्थानिय चलचित्र प्रेमि दर्शकले अव भने आफ्नै ठाउँमा डिजिटल प्रबिधिमा चलचित्र हेर्न पाउने धारण व्यक्त गरेका छन् ।