मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बक्स अफिस फिल्म अवार्डमा 'कहाँ भेटिएला' को बर्चश्व

फिल्मीखबर, काठमाण्डौ, 2011/04/13

बक्स अफिस फिल्म अवार्डमा श्रीकृष्ण श्रेष्ठ निर्मित चलचित्र 'कहाँ भेटिएला' उत्कृष्ट भएको छ । यो चलचित्रले उत्कृष्ट चलचित्र सहित दश विधामा अवार्ड हात पारेको छ । कहाँ भेटिएलाबाटै श्रीकृष्ण श्रेष्ठले उत्कृष्ट अभिनेता र श्वेता खड्काले नवअभिनेत्रीको अवार्ड हात पारे भने सोही चलचित्रबाट नृत्य निर्देशनमा वसन्त श्रेष्ठ, गायिकाको अवार्ड अन्जु पन्त, गीतकारको अवार्ड सुन्दर श्रेष्ठले हासिल गरे । यस्तै संवादको अवार्ड विकास आचार्य र शिव रेग्मीले, ध्वानि पुनर्मुद्रणको अवार्ड राजकृष्ण श्रेष्ठ, कला निर्देशनको अवार्ड निर्जल श्रेष्ठ र शृंगारको अवार्ड विक्रम थापाले प्राप्त गरे ।

 

चलचित्र 'आफ्नो मान्छे आफ्नै हुन्छ' ले उत्कृष्ट निर्देशक सहित सात विधामा विभिन्न अवार्ड हात पार्‍यो । आफ्नो मान्छे आफ्नै हुन्छबाट ऋषि लामिछानेले उत्कृष्ट निर्देशकको अवार्ड पाए । यही चलचित्रबाट मुकेश ढकालले सहअभिनेता र अरुणिमा लम्सालले सहअभिनेत्रीको अवार्ड पाइन् भने द्वन्द्व निर्देशनमा रोशन श्रेष्ठ, सम्पादनमा नविन निरौला, कथा र पटकथा गरी दुइ विधामा विकास आचार्यले बक्स अफिस फिल्म अवार्ड जिते ।

 

मंगलबार दिउँसो राजधानीको रंगशालामा सम्पन्न सो अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड भने चलचित्र बाटुलीबाट रेखा थापाले हात पारिन् ।  उत्कृष्ट नवनिर्देशकको अवार्ड चलचित्र 'मेरो एउटा साथी छ' बाट सुदर्शन थापाले हात पारे । यही चलचित्रबाट राजेश सिंहले उत्कृष्ट छायांकारको अवार्ड पाए ।  नायक राजबल्लभ कोइरालाले चलचित्र 'बसमा छैन यो मन' बाट खलनायकको आवर्ड हाँसिल गरे । नवअभिनेताको अवार्ड चलचित्र 'कहाँ छौ कहाँ' बाट गोविन्द शाहीले पाए । चरित्र अभिनेताको अवार्ड नीर शाहले चलचित्र हिफाजतबाट पाए । यही फिल्मबाट सानु भारतीले भेषभूषाको अवार्ड जितिन् ।

 

चलचित्र 'नैना रेशम' बाट वसन्त सापकोटाले उत्कृष्ट संगीतकारको अवार्ड पाए । यही चलचित्रबाट दीपक लिम्बूले उत्कृष्ट गायकको अवार्ड जिते । बाल कलाकारको अवार्ड चलचित्र सम्झनाबाट सोफिया श्रेष्ठ, पार्श्व संगीतको अवार्ड सम्झनाबाटै दिनेश सुनामले जिते । हास्य कलाकारको अवार्ड चलचित्र 'धुम' बाट जयकिशन बस्नेतले र चरित्र अभिनेत्रीको अवार्ड चलचित्र दागबाट मिथिला शर्माले हाँसिल गरिन् । ३० विधाको यो अवार्डका लागि २०६६ सालका २९ चलचित्र सहभागी थिए ।


दर्शकको मतका आधारमा विभिन्न विधामा पपुलर अवार्ड पनि सो कार्यक्रममा प्रदान गरियो । जस अर्न्तगत पपुलर फिल्मको अवार्ड कहाँ भेटिएलाले, पपुलर निर्देशकको अवार्ड शिव रेग्मीले, पपुलर नायकको अवार्ड राजेश हमालले र पपुलर नायिकाको अवार्ड रेखा थापाले पाए । त्यस्तै  पपुलर खलनायको अवार्ड सुनिल थापाले, पपुलर संगीतकारको अवार्ड शम्भुजति बाँस्कोटाले प्राप्त गरे भने पपुलर गायिकाको अवार्ड अन्जु पन्तले, पपुलर गायकको अवार्ड राजेश पायल र्राईले र पपुलर हास्य कलाकारको अवार्ड जयकिशन बस्नेतले प्राप्त गरे । यस्तै सञ्चारकर्मी अवार्ड नयाँ पत्रिकाका सञ्चारकर्मी लक्ष्मण सुवेदीलाई प्रदान गरियो ।


उपप्रधान तथा सञ्चारमन्त्री कृष्णबहादुर महराले सो अवार्ड प्रदान गरेका थिए । अवार्ड समारोहमा राजेश पायल र्राई, रामकृष्ण ढकाल, मल्लिका कार्की, रूपक डोटेललगायतले गीत प्रस्तुत गरेका थिए । यसैगरी कार्यक्रममा एक दर्जन भन्दा बढि निर्माताहरूलाई सम्मान पनि गरिएको थियो । यता सोही स्थानमा भएको कलाकार र हाँस्यकलाकार बिचको फुटबल खेलमा कलाकार टिम ३-१ ले बिजयी भयो । बक्स अफिस फुटबल लिग अर्न्तगतको फाईनल खेलमा जितसँगै कलाकार टिमले नगद रू तीन लाख पायो भने दोस्रो भएको हाँस्यकलाकारको टिमले नगद रू दुई लाख पायो ।