सम्मान पाउँदा खुसी हुने व्यक्ति को नहोला र ? अझ अवार्ड पाउने थाहा पाएपछि त मानिसको भुँईमा खुट्ट नै हुन्न होला । अवार्ड भनेपछि प्राय सबैजना मरिहत्ते गरेपनि अभिनेता निर शाहलाई भने अवार्ड नै घाँडो भएछ ।
प्रसङको मंगलबार दशरथ रंगशालामा बितरण गरिएको बक्स अफिस फिल्म अवार्डको । बक्स अफिस साप्ताहिकले आयोजना गरेको सो अवार्ड समारोहमा अभिनेता शाहले चलचित्र 'हिफाजत' बाट चरित्र अभिनेताको अवार्ड हात पारे । चलचित्र 'कहाँ भेटिएला' बाट हाँस्यकलाकारको अवार्ड पाउने आश गरेका शाहले 'हिफाजत' बाट चरित्र अभिनेताको अवार्ड पाएपछि स्टेजबाट नै उनले भने, 'यो अवार्ड मैले हैन देशभक्त खनालले पाउनु पर्ने हो । मैले त 'कहाँ भेटिएला' बाट हाँस्यकलाकारको अवार्ड पाउनु पर्ने हो ।'
निर शाहले यति मात्र के बोलेका थिए उपस्थित सबैजना दंग परे । अवार्ड नपाएपनि देशभक्त खनाल निर शाहको सो भनाई सुनेपछि केहि खुसी देखिए । निर शाहले यति मात्र के बोलेका थिए उपस्थित सबैजना दंग परे । अवार्ड नपाएपनि देशभक्त खनाल निर शाहको सो भनाई सुनेपछि केहि खुसी देखिए । कतिले त निर शाहले सो कुरा बोल्न नहुने धारणा समेत राखे । तर निर शाहले त्यति मात्र बोलेको भए त ठिकै थियो नि !
अवार्ड पाएको करिब १५ मिनेट पछि निर शाह बाहिर निस्के । जब उनी दर्शकको माझमा पुगे अनि उनीहरूको माझमा नै बोले, 'यो घाँडो लगेर के गर्नु ? बरू पाँच सय दिएको भए भात खान त हुन्थ्यो ।' अब तपाईं नै भन्नुस् बिगत तीन दशक देखि चलचित्र क्षेत्रमा निरन्तर लागि परेका कलाकारले सम्मान पाउँदा सो सम्मानको यसरी अपमान गर्न हुन्छ ?