मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मल्लिकाको मनमा राजेश हमाल ?

फिल्मीखबर, काठमाण्डौ, 2011/04/13

यति धेरै मान्छेहरूको भिडमा एउटा मान्छे छ मेरो मनमा सायद यो गीत गाउने गायिकाको नाम त सुन्नु नै भएको छ होला । सुन्नु भएको छैन भने अब थाहा पाउनु हुनेछ । हो। सो गीत गाउने गायिका हुन् 'मल्लिका कार्की ।

 

मल्लिकाको सो गीत निकै चर्चित भयो । उनले सो गीत किन गाईन् त ? जब उनी जब-जब उक्त गीत गाउँथिन् तब तब उनको मनमा बस्ने को होला भनि शंकाहरू उत्पन्न पनि हुन्थे । तर गायिका मल्लिकाले मंगलबार राजधानीमा आयोजित बक्स फिल्म अवार्ड कार्यक्रममा सो रहस्य खोलिन् । सो समारोहमा गीत गाउने क्रममा गायिका कार्कीले सानोमा महानायकलाई बिहे गर्ने सोच बनाएको खुलासा गरेपछि उनको गीत महानायककै लागी हुनसक्ने अनुमान लगाईएको छ ।
 

 

समारोहमा बोल्दै गायिका कार्कीले भनिन्, 'सानोमा राजेश दाईको चलचित्र युगदेखि युगसम्म हेरेर नै मैले उहाँसँग बिहे गर्ने सपना बुनेकी थिएँ तर आमाले मेरो कुरा सुन्नु भएन र मैले दुई दिन सम्म भात पनि खाईन ।' मल्लिकाले यति के मात्र भनेकी थिईन् समारोहमा उपस्थित अतिथी र दर्शकहरू हाँसे तर महानायक भने मल्लिकाको कुरा सुनेर लजाए । उनलाई आडमा बसेका संगीतकार शम्भुजित बाँस्कोटा र निर्देशक आकाश अधिकारीले जिस्काए पछि त उनी झन् लजाए ।

 

गायिका मल्लिकाले 'यति धेरै मान्छेहरूको भिडमा एउटा मान्छे छ मेरो मनमा...' बोलको गीत गाउनु र सयौं दर्शकको अगाडी महानायकसँग सानोमा बिहे गर्ने सोच बनाएको कुरा सार्वजनिक गर्नुले कतै उनको मनमा अझै पनि महानायकले बास त गरेका छैनन् ? के साँच्चिकै महानायक नै करोडौं नेपालीहरूको भिडमा मल्लिकाको मन पर्ने मान्छे हुन् त ? आशा गरौं यो प्रश्नको उत्तर छिट्टै नै सुन्न पाईने छ ।