मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

च्यालेञ्जको क्लाईमेक्स पुन: खिचियो

फिल्मीखबर, काठमाण्डौ, 2011/04/14

सम्पादनको अन्तिम चरणमा पुगेको चलचित्र 'च्यालेञ्ज' को क्लाईमेक्स पुन: छायाँकन गरिएको छ । चलचित्रका निर्माता तथा नायक रेश मरहठ्ठाका अनुसार दर्शकको चाहनालाई बुझेर क्लाईमेक्स सिनमा केहि परिवर्तन गरिएको छ । निर्देशक श्याम भट्टराई र आफ्नो सल्लाह बमोजिम करिब दुई अघि नगरकोटमा हेलिकोप्टर सहितको क्लाईमेक्स सिन खिचिएको रेशले बताए ।

 

शुरूमा खिचेको दृश्यलाई हटाउनु पर्ने के कारण थियो र ? भन्ने प्रश्नमा रेशले भने, 'पहिला खिचिएको क्लाईमेक्स सिनमा ड्रामा र एक्सन थियो । तर सो सिन चित्त नबुझेपछि हेलिकोप्टर मगाएर केहि नयाँ पन दिन पुन: छायाँकन गरेका हौं ।' सो सिन खिच्नका लागी लण्डनबाट चलचित्रका खलनायक रोजलाई बोलाएको रेशको भनाई छ । करिब चार मिनेटको सो क्लाईमेक्सका लागी दुई लाख खर्च भएपनि आफूलाई १० लाखको सन्तुष्टी मिलेको रेशले बताए । भ्वाईस इन्टरटेन्मेन्टको प्रस्तुती रहेको सो चलचित्रको क्लाईमेक्स सिनमा रेश र रोजको साथमा नायिका रेखा थापाले अभिनय गरेका छन् ।

 

यता भ्वाईस इन्टरटेन्मेन्टले निर्माण गर्ने भनेको दुई चलचित्र 'जरा एनआरएन' र 'भेगासको यात्रा' नाम दुई चलचित्रका लागी दुई एनआरएन निर्माता शुभेक्षा देबकोटा र शिबप्रसाद शर्मा पनि निर्माताका रूपमा रेश र माधब ढकालसँग सहकार्य गर्ने भएका छन् । उनीहरू सो चलचित्रका लागि एनआरएन निर्माता बनेर नेपाली चलचित्र निर्माणमा पाईला चाल्ने भएका हुन् ।

 

गैरआवसिय नेपालीहरूको जनजीवनलाई आधार मानेर निर्माण गर्न लागिएको चलचित्र 'जरा एनआरएन' को केहि महिना भित्रमा नै छायाँकन गरिने भएको छ । सो चलचित्रका लागि अहिले कास्टिङ डाईरेक्टर रायन स्पियर्सले कलाकारहरू छनोट गरिरहेका छन् भने संगीतकारका रूपमा नबिन के भट्टराई र महेश खड्का अनुबन्धित भईसकेका छन् । चलचित्रको सम्पूर्ण छायाँकन अमेरिकाको भेगासमा गरिने भएको छ ।