गायिका अञ्जु पन्त र गायक मनोज राजको सम्बन्ध बिच्छेद हुन लागेको कुराले अहिले नेपाली चलचित्रको बजार मात्र हैन उनीहरूका फ्यानहरूलाई पनि मज्जाले तताएको छ । बेला बेलामा ठाकठुक परिरहने यि दुईको सम्बन्धले अहिले अन्तिम रूप लिंदै छ ।
२०५८ सालमा प्रेम विवाह गरेका मनोज र अञ्जुको सम्बन्ध बिहे भएदेखि नै राम्रो नभएको कुरा बेला बेलामा सञ्चारमाध्यममा सुन्नमा आएकै हो । मनोजले रिसको झोकमा बेला बेलामा अञ्जुलाई पिट्ने गरेको र मानसिक तनाव दिन थालेकोले अञ्जुले पारपाचुकेको बाटो रोजेको बुझिएको छ । एक छोरीकी आमा समेत रहेकी गायिका पन्त अहिले मनोजलाई छोडेर माईतीघरमा बस्न गएको खबर प्राप्त भएको छ तर यि दुईको सम्बन्ध औपचारिक रूपमा बिच्छेद भने भईसकेको छैन ।
यहि बिषयलाई लिएर फिल्मीखबरले गत चैत्र १७ गते अञ्जु र मनोजको सम्बन्ध बिच्छेद हल्ला कि वास्तविकता ? भनि प्रश्न राख्दै समाचार सम्प्रेशण गरेको थियो । समाचार सम्प्रेशण गरेको केहि दिनमै फिल्मीखबरले पोलमा गायिका अञ्जु पन्त र गायक मनोजराजको दाम्पत्य जीवन टुक्रिन लागेको खबर सुनेपछि तपाईं उहाँहरूलाई के भन्न चाहनुहुन्छ ? भनि ३ वटा अप्सनहरू राखि आफ्नो मत व्यक्त गर्न आग्रह पनि गरेको थियो । सो पोललाई आधार मन्दा धेरैले यि दुईलाई सम्बन्ध बिच्छेद नगर्न सल्लाह दिएका छन् ।
फिल्मीखबरलाई जम्मा १३०२ मत प्राप्त भएको थियो जसमध्ये 'सम्बन्ध बिच्छेद नगर्नुहोला' भन्ने अप्सनमा सबैभन्दा धेरै ४०.५५% अर्थात ५२८ मत प्राप्त भएको छ । यसैगरी 'जे मन लाग्छ त्यहि गर्नुस् ' भने अप्सनमा ३४.२५ % अर्थात ४४६ मत प्राप्त भएको छ भने 'सम्बन्ध बिच्छेद गरेकै राम्रो' भन्ने अप्सनमा सबैभन्दा थोरै २५.१९% अर्थात ३२८ मत प्राप्त भएको छ ।
यसरी हेर्दा उनीहरूका फ्यान तथा शुभचिन्तकहरूले सम्बन्ध बिच्छेद भएको हेर्न नसक्ने देखिएको छ । नयाँबर्ष २०६८ को शुरूवातसंगै यि दुईको सम्बन्धमा सुधार आओस् भन्ने फिल्मीखबरको पनि शुभकामना !