शुक्रबार साँझ नायिका रेजिना उप्रेतीले निर्माण गर्न लागेको चलचित्र 'वरदान' को शुभमुहुर्त कार्यक्रममा सदाबहार नायक भुवन केसीले एक युवतीलाई हात समातेरै कार्यक्रममा प्रवेश गराए र अग्रपंक्तिमा गएर बसे । त्यसपछि उपस्थित सञ्चारकर्मी र अतिथीहरूको नजर त्यो जोडी माथी पर्न गयो ।
करिब १५ मिनेट सँगै बसेपछि निर्देशक शोभित बस्नेतले नायक केसीलाई प्रमुख अतिथी बनाएर ड्यासमा बस्न बोलाए । जोडी छुटेपछि केसीको अनुहारमा केहि परिवर्तन देखियो । तर उनलाई नजर जुधाउन भने सहज नै भयो । केसी बेलाबेला अथितीहरूको आँखा छलेर ति युवतीलाई हेर्थे भने ति युवती भने नायक केसीलाई आँख नै नझिम्क्याई हेरिरहन्थिन् । यि दुईको चर्तिकला देखेर उपस्थित सञ्चारकर्मीहरूले उनीहरूलाई बिशेष ध्यान दियो । त्यसपछि नायक केसी पनि मुख खोल्न बाध्य भए । र भने, 'उनी मेरो नयाँ गर्लफ्रेण्ड ।'
शुरूमा त उनले आफ्नो बेस्टफ्रेन्ड भनि कुरा लुकाउन खोजेका थिए । तर सबैको नजर आफूहरू माथि परेपछि उनी मुख खोल्न बाध्य भएका हुन् । हुनत नायक केसी युवतीको ममलामा उदार नै देखिन्छन् तर पनि सो कार्यक्रममा भने उक्त जोडीलाई सबैले शंकाको नजरले हेरेका थिए । दोस्रो श्रीमती सुस्मिता केसीसँग सम्बन्ध बिच्छेद भएपछि सम्भवत पहिलो पटक हुनसक्छ नायक केसीले सार्वजनिक कार्यक्रममा नयाँ गर्लफ्रेण्ड भनेर चिनाएको ।
नायक केसीले भर्खरै मात्र एक साप्ताहिक पत्रिकालाई अर्न्तवार्ता दिने क्रममा यो बर्ष भित्रमा आफ्नो बिहे हुनसक्ने बताएका थिए । उखानै छ, 'बाघ कराउनु बाख्रो हराउनु ।' नायक केसीले यो बर्ष भित्रमा बिहे हुनसक्छ भन्नु र आफ्नो नयाँ गर्लफ्रेण्ड भनेर चिनाउनुले कतै यिनै युवतीसँग त उनले बिहे गर्ने योजना बनाएका छैनन् ? हुनत उनी स्क्याण्डल मच्चाउन माहिर छन् । आफूले निर्माण गरेको चलचित्र 'साथी म तिम्रो' प्रदर्शनको क्रममा रहेकोले सो चलचित्रको पब्लिसिटी स्टण्ड पनि हुनसक्ने अनुमान सञ्चारकर्मीले लगाएका छन् ।
फिल्मीखबरसँग बिशेष कुराकानी गर्दै नायक केसीले युवती तर्फ फर्किंदै भने, 'उनले मलाई धेरै माया गर्छिन् । मेरो यति धेरै ख्याल राख्छिन् कि म त्यसको गुन तिरेर पनि सक्दिन होला ।' कस्ले धेरै माया गर्छ त ? भन्ने फिल्मीखबरको प्रश्नमा उनले भने, 'उनको मायाको अगाडी मेरो माया त केहि पनि हैन ।' यति धेरै माया गर्ने ति युवतिको नाम भने उनले खोल्न चाहेनन् । तर उनी बिजनस उमन रहेको नायक केसीले बताए ।
नायक केसीसँग सम्बन्ध बिच्छेद भएपछि सुष्मिता पनि अहिले नयाँ व्यायफ्रेण्डसँग रमाईरहेको हल्ला चलिरहेको छ । सायद सुष्मितालाई देखाउन पनि उनले ति युवतीलाई साथ लिएको हुनसक्छ । तर जे भएपनि नायक केसीलाई धेरै माया गर्ने नयाँ गर्लफ्रेण्ड भेटेकोमा बधाई ।