मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

भुवनको काखमा सुसु गर्ने निर्देशक

दयाराम घिमिरे, काठमाण्डौ, 2011/04/18

शोभित बस्नेत नेपाली चलचित्रका दर्शकको लागि नौलो नाम होइन । छिटो छिटो चलचित्र निर्माण गरेर प्रदर्शन गर्ने निर्देशकका रूपमा परिचित निर्देशक बस्नेतको नेपाली चलचित्र सँगको सम्बन्ध धेरै पुरानो रहेको मानिन्छ ।



आफूलाई सबैको भाइ भन्न रुचाउने निर्देशक बस्नेत छोटो समयमा धेरै चलचित्र निर्देशन गर्ने निर्देशक मध्ये एक हुन् । सानै उमेर देखि नेपाली चलचित्रलाई नजिकबाट नियालिरहेका निर्देशक बस्नेतले बरदानको शुभ मुहुर्तमा आफ्नो अनुहार सुनिल थापाको जस्तो भएको बताए । थापालाई कार्यक्रममा अतिथिको रूपमा ड्यासमा बस्न बोलाउँदै उनले आफ्नो अनुहार सुनिल थापाको अनुहारसँग दाज्दै भने, 'अव केहि समय पछि मेरो अनुहार सुनिल थापाको अनुहार जस्तो हुनेछ ।'उनले कसरी आफ्नो अनुहार सुनिल थापासँग दाँजे त्यो त शोभित नै जानुन् तर उनको सम्बन्ध नायक भुवन केसीसँग भने गजबको रहेछ ।

निर्देशक शोभित नायक केसीको घरमा हुर्केको कतिलाई थाहा नहुन सक्छ । शोभित मात्र हैन उनका भाई जयकिशन बस्नेत पनि नायक केसीकै घरमा हुर्केका हुन् । नायक केसीको काखमा खेल्दै हुर्केकाले यि दुई दाजुभाईले नायक केसीलाई निकै सम्मान गर्छन् । रोचक कुरा त यो छ कि निर्देशक बस्नेतले नायक केसीको काखमा धेरै पटक सुसु गरिसकेका छन् रे । बरदानको मुहुर्तमा आफनो शुभकामना व्यक्त गर्दै नायक केसीले भने, 'शोभित मेरो भाई हो । उसले कति पटक पटक त मेरो काखमा सुसु गरिसकेको छ ।' शोभितले सुसू गरेको आफ्नो काख अझै चिसो रहेको र हिजो जस्तो लाग्ने गरेको केसी बताउँछन् ।


चलचित्र क्षेत्रमा सबैभन्दा नजिकको व्यक्ति निर्देशक बस्नेत भएको नायक केसीको भनाई छ । आफनो चलचित्रमा कलाकारको बाढि लगाउने  निर्देशक बस्नेत केसीको मात्र नभई सबैका प्यारा निर्देशक बनुन् । फिल्मीखबरको शुभकामना !