मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

न्यूनतम पारिश्रमिकको निर्धारण हुनु आवश्यक

दयाराम घिमिरे, काठमाण्डौ, 2011/04/21

नेपालमा हाल सबै उधोग क्षेत्रमा कार्यरत रहेका श्रमजिबी मजदुरहरुको न्यूनतम पारिश्रमिक  सेवा  सुबिधा,  बिमा लगाएतका बिषयहरुमा व्यवस्थितरुपले पारिश्रमिक तोक्ने परिपाटि नै बसि सकेको छ । यसै परिप्रेक्ष्यमा चलचित्र उधोग क्षेत्रमा भने यसको कुनै असर परेको देखिदैन । जसले गर्दा यो क्षेत्रमा काम गर्ने हरेक व्यक्ति मारमा परेका छन् ।
 


यस क्षेत्रमा कार्यरत नायक  नायिका देखि तल्लो स्तरमा कार्यरत मजदुरहरुको पारिश्रमिक निर्माताहरु स्वयंले आफ्नो तजबिज र हचुवाको भरमा मनोमानि ढंगले निर्धारण गर्ने एउटा बेग्लै परम्परा स्थापित भएको देख्न र बुझ्न सकिन्छ । वास्तवमा यो गलत परम्परा हो । यसमा परिबर्तन र सुधार हुनु आवश्यक छ ।नत्र भने यो क्षेत्रमा काम गर्ने कोही पनि व्यक्तिले मन लगाएर काम गर्न सक्दैन  जसको प्रत्यक्ष असर चलचित्रमै पर्न जान्छ ।
 

 

बिषेशत: नवप्रवेशी नायक नायिकाहरु नि:शुल्क पारिश्रमिक अथवा सोझो अर्थमा भन्नु पर्दा स्वयंसेवा गर्न विवश छन् । उनिहरुले पुगिसरि आएर यसो गरेका भने पक्कै हुन सक्दैन । सुन्दर भबिष्यको परिकल्पनामा उनिहरु यसो गर्न लाचार छन् यसको फाइदा निर्माताले एकातिर निर्मम रुपमा लिइरहेका हुन्छन् भने अर्कोतिर स्थापित नायक नायिकाहरु धेरै चलचित्रमा हस्ताक्षर गरि निर्मातासंग मोटो पारिश्रमिकका लागि सौदाबाजि गरिरहेका हुन्छन्  । जसले गर्दा  नवप्रवेशिहरु अन्यायको सिकार भएका हुन्छन्  जसबाट क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा हुन सकिरहेको छैन ।

 

यसैले चलचित्र क्षेत्रको भबिष्य सुनिश्चित गर्न, स्वस्थ प्रतिस्पर्धाको माहोल तयार गर्न एवं चलचित्र उधोगको समग्र बिकाश लगायत आम दर्शकको न्यानो माया पाउन यस क्षेत्रमा न्यूनतम पारिश्रमिक निर्धारण भइ लागु हुनुपर्ने टट्कारो आवश्यकता देखिन्छ ।