मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माता संघलाई प्रहरीको निगरानी

फिल्मीखबर, काठमाण्डौ, 2011/04/21

केहि निर्माताहरूले क्यू सिस्टम खारेजको माग गर्दै नेपाल चलचित्र निर्माता संघको कार्यालयमा ताला लगाउने खबर प्राप्त भएपछि संघले नेपाल प्रहरीको सहयोग लिएको छ । बिहिबार बिहानै ति निर्माताहरूले संघमा ताला लगाउने खबर प्राप्त भएपछि संघका अध्यक्ष कुनै अप्रिय घटना नघटोस् भन्ने हेतुले प्रहरीलाई गुहारेको बताए ।

 

ताला लगाउने खबर प्राप्त भएपछि संघका पदाधिकारी, केहि निर्माताहरूको साथमा सञ्चारकर्मीको उपस्थिती थियो । तर संघ प्रहरीको निगरानीमा परेपछि निर्माता दिपक रमण सहितको टोली ताला लगाउन आउने आँट पनि गर्न नसकेको अध्यक्ष राईले बताए । क्यू सिस्टम खारेजीको माग गर्दै केहि निर्माताहरूले यसअघि चलचित्र बिकास बोर्ड, जिल्ला प्रशासन कार्यालय र सर्वोच्च अदालतमा उजुरी दर्ता गराएका थिए ।

 

सर्वोच्च अदालतले उजुरी गराईएको सो दर्तालाई हेर्दै संघमा क्यू प्रणाली हटाउने कि नहटाउने भनि प्रश्न गर्दै पत्र पठाएको थियो तर संघले नेपाली चलचित्र प्रदर्शनमा क्यू प्रणाली नरहेको बताएपछि सो उजुरीमाथी सुनुवाई हुन सकेको थिएन । यसरी उजुरीमाथी सुनुवाई नभएपछि निर्माताहरूले संघमा ताला बन्दी गर्न खोजेको बुझिएको छ । निर्माता दिपक रमणले क्यू सिस्टम खारेज गर्दै आफ्नो चलचित्र चलाउने प्रयाश पनि गरेका थिए तर सो प्रयास असफल भएपछि उनले यस्तो कदम चालेको हुनसक्ने अनुमान पनि लगाईएको छ ।