मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आई क्लबका म्यानेजर लुटिए

फिल्मीखबर, काठमाण्डौ, 2011/04/22

दरबारमार्ग स्थित आई क्लबमा मध्यान्न करिब १२ बजेतिर आएका दुई ठग हरूले सो क्लबका म्यानेजरबाट लाखौं रूपियाँ ठगेर भागेको खबर प्राप्त भएको छ । कोशिस र प्रयास नाम गरेका दुई युवा लुटेराहरूले डान्स चलिरहेको बेला आएर पैसा लुटेर भागेका हुन् । उनीहरूले के कति रकम लुटेर भागे भन्ने तथ्य खुल्न आएको छैन ।

 

सेतो टिसर्ट र निलो जिन्स पाईन्टमा आएको कोशिस र गुलाबी रङको टिसर्ट तथा कालो जिन्स पाईन्टमा आएको प्रयास जब बार भित्र पसे तब कसैले अनुमान लगाउन सकेन कि उनीहरू ठग हुन् भनेर । सामान्य भेषमा आएका ति ठगहरू शुरूमा बारको एक छेउमा बसेर बियर पिएका थिए । त्यसपछि कोशिसले बारको डिजेलाई नशामा लठ्याउन थाल्छ र प्रयास नक्कली डिजे बन्छ । नक्कली डिजे प्रयासले केहि बेर त मनलाग्दो म्युजिक बजाईंदिन्छ । तर जब म्यानेजरले डिजेका लागी पैसा ल्याईदिएको हुन्छ त्यहि पैसा लिएर नक्कली डिजे म्यानेजरको आँखा अगाडीबाट नै भाग्छ । यसरी पैसा लुटेर भागे पनि त्यहाँ प्रहरी भने आउन सक्दैन र डान्स बारमा उपस्थित सबै आगन्तुक हेरेको हेर्‍यै हुन्छन् ।

 

प्रहरी पनि आओस कसरी ? जबकी त्यहाँ चलचित्र 'ब्रेक फेल' को छायाँकन भईरहेको थियो । नायिका ऋचा घिमिरेको प्रस्तुतीमा निर्देशक शंकर घिमिरेले निर्देशन गरेको सो चलचित्रमा निरज बराल (कोशिस) र बिमलेश अधिकारी (प्रयास) ले ठग पात्रको भुमिका निर्वाह गरेका छन् । चलचित्रमा यि दुई पात्र आफ्नो स्वार्थ मेट्न हरेक दिन एक न एकलाई ठग्दै हिंडेका हुन्छन् । कहिले केटि बनेर त कहिले बिहारी बनेर त कहिले जंगली बनेर उनीहरू दिनदहाडै ठग्दै हिंड्ने पत्रको रूपमा प्रस्तुत भएका छन् ।

 

वर्ल्डवाईड  मुभि मेकर्स प्रालिको ब्यानरमा बन्दै गरेको सो चलचित्र पूर्ण रूपमा कमेडी रहने नायिका तथा निर्माता ऋचा घिमिरेले बताईन् । करिब ५० % छायाँकन सकिएको सो चलचित्रमा राजेश हमाल, ऋचा घिमिरे, निरज बराल, बिमलेश अधिकारी, चिरन लगायतका कलाकारले अभिनय गर्दैछन् । सत्यस्वरूप तथा युग भुसालले संगीत दिने सो चलचित्रको कथा दिनेश न्यौपानेले लेखेका हुन् । चलचित्रमा नायिका ऋचा पनि ठग पात्रकै भुमिकामा प्रस्तुत हुँदैछिन् ।