मिति : २०८१ मंसिर ९, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

गोपीकृष्ण मुभिज बिरूद्व मुद्दा दर्ता

फिल्मीखबर, काठमाण्डौ, 2011/04/22

तीन बर्षसम्मकुनै पनि टेलिभिजन, केबुल जस्ता च्यानलहरूबाट चलचित्र 'जीवनमृत्यु ' प्रदर्शन नगर्ने भनि गोपीकृष्ण मुभिजले हाईटेक इन्टरटेन्मेन्टलाई डिभिडी बेचेको थियो । तर गोपीकृष्ण मुभिजले आफूले गरेको सम्झौतालाई उल्लंघन गरि डिभिडीको अधिकार दिएको डेढ बर्ष बित्न नपाउँदै आफ्नै टेलिभिजनबाट सो चलचित्र प्रदर्शन गरेपछि त्यसको क्षतिपूर्ती माग गर्दै नेपाल श्रव्य दृश्य उधमी संघले शुक्रबार बिहान नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय कालिकास्थानमा मुद्दा दायर गरेको छ । मुद्दा दायर गर्न नेपाल श्रव्य दृश्य उधमी संघका अध्यक्ष शमसेर श्रेष्ठ, महासचिव ओमप्रकाश अग्रवाल लगायतका सदस्य उपस्थित थिए ।
 

 

गोपीकृष्ण मुभिजले मिती २०६६ साल कार्तिक १५ गते चलचित्र 'जीवनमृत्यु ' को भिडियो अधिकार हाईटेक इन्टरटेन्मेन्टलाई तीन बर्षका लागि दिएको थियो । दुई पक्ष बिच भएको सम्झौता पत्रमा थुप्रै शर्तहरू मध्ये १० नम्बरको शर्तमा लेखिएको छ, 'द्वितिय पक्ष (गोपीकृष्ण मुभिज) ले उल्लेखित चलचित्र प्रदर्शन भए पश्चात प्रथम पक्षलाई मास्टर कपि उपलब्ध गराएको मितीले ३ बर्षसम्म कुनै पनि टिभी, केबुल जस्ता सार्वजनिक प्रदर्शन हुने माध्यमहरूबाट प्रदर्शन गर्ने अधिकार दिन पाउने छैन ।'

 

यसरी दुई पक्ष बिच भएको सम्झौतालाई उल्लंघन गर्दै गोपीकृष्ण मुभिजले मिती २०६८ साल बैशाख १ गते साँझ चलचित्र 'जीवनमृत्यु' प्रदर्शन गरेको थियो । यसरी चलचित्र प्रदर्शन गरिएपछि आफूहरू अन्यायमा परेकोले न्याय खोज्दै प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको ढोका ढक्ढक्याउन पुगेको हाईटेक इन्टरटेन्मेन्टका सञ्चालक राजेन्द्र मानन्धरले फिल्मीखबरलाई बताए । गोपीकृष्ण मुभिजकै दुई चलचित्र कुसुमे रूमाल-२ र जीवनमृत्युलाई एकसाथ १६ लाख तिरेर हाईटेकले डिभिडीको अधिकार लिएको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

 

चलचित्र प्रदर्शन भए लगत्तै हाईटेक इन्टरटेन्मेन्टका सञ्चालक राजेन्द्र मानन्धरले गोपीकृष्ण मुभिजका सञ्चालका भाई उज्जवल पौडेलसँग छलफल गर्न फोन गरेको बताए । तर उज्जवलले आफू गोपीकृष्ण मुभिजको कोही पनि नभएको प्रतिक्रिया दिएपछि सञ्चालक उद्वब पौडेलसँग बार्ता गर्ने कोसिस गरेको मानन्धरले बताए । उद्वब पौडेलले पनि राम्रो प्रतिक्रिया नदिएपछि मानन्धरले अन्तिम बिकल्पको रूपमा मुद्दा दायर गर्नुपरेको बताए । अब प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयले केहि दिनमा गोपीकृष्ण मुभिजलाई पत्र काटेर छलफलका लागी बोलाउने भएको छ ।

 

यस अघि पनि गोपीकृष्ण मुभिजले जादुगर चलचित्र प्रदर्शन गरेको थियो । सो चलचित्र प्रदर्शन गरेको भन्दै सो चलचित्रका निर्माताले हनुमान ढोकामा मुद्दा दायर गरेका थिए तर सो मुद्दाको अहिले सम्म पनि सुनुवाई भएको छैन ।